मध्यपुर थिमि । विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले चैत्र २० गते जिम्न्यास्टिक प्रतियोगितामा छनौट विद्यार्थीहरूको सम्मानमा बधाई, विदाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ । भक्तपुर नगरपालिकाद्वारा चैत्र २३ गतेदेखि २५ गतेसम्म आयोजना गर्न गइरहेको अन्तरनगर जिम्न्यास्टिक प्रतियोगितामा मध्यपुर थिमि नगरपालिकाबाट छनोट हुन सफल पाँचजना तथा सूर्यविनायक नगरपालिकाबाट छनोट हुन सफल दुईजना र प्रशिक्षक एक गरी जम्मा आठ जना विद्यार्थी तथा प्रशिक्षकलाई विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले खादा ओडाएर मायाको चिनो प्रदान गरी बधाई, उत्कृष्ट खेलका लागि शुभकामना र खेल जीवनको उत्तरोत्तर प्रगतिको कामना गर्दै विदाई गरेको थियो ।
सो कार्यक्रममा विद्यालयका जिमन्याष्टिक प्रशिक्षक विजेन्द्र श्रेष्ठ र छनोट हुन सफल विद्यार्थीहरू सुमन तामाङ, प्रकृति थापा मगर, आर्या रन्जितकार, समीक्षा श्रेष्ठ, विज्ञता श्रेष्ठ, नेहा प्रजापति र सेज श्रेष्ठ रहेका छन् ।