सिद्धार्थको शुभकामना आदान प्रदान तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

0



मध्यपुर थिमि । सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा उप–समितिका आयोजनामा संस्थाका सदस्यहरूलाई वित्तीय साक्षरता प्रदान गर्ने तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष राजेश श्रेष्ठको सभपतित्वमा भएको कार्यक्रमको मध्यपुर थिमि नगरपालिकाका वडा नं. ४ का वडा अध्यक्ष बाल कृष्ण श्रेष्ठले उद्घाटन गरेको थियो ।

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक बाल कृष्ण धोजुले संस्थाका सदस्यहरुलाई वित्तीय साक्षरता सम्वन्धी अभिमुखिकरण प्रशिक्षण दिइएको थियो । कायक्रमको सहजिकरण शिक्षा उपसमितिका संयोजक तुल्सीराम श्रेष्ठले गरेको थियो भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष इन्द्रकृष्ण श्रेष्ठले गरेको थियो । कार्यक्रम शंखधरचोक स्थित यचु पार्टी भेन्युमा भएको थियो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top