जय सिद्धिकालीको दन्त शिविर सम्पन्न

0


मध्यपुर थिमि । सिद्धिकाली मन्दिर परिसरमा कार्यालय स्थापना गरी आफ्ना सदस्यहरु माझ वित्तीय कारोवार गर्दै आएको जय सिद्धिकाली बहुउद्देश्यीय सहकारी संस्था लि.ले सामाजिक उत्तरदायित्व अन्तर्गत शनिबार आफ्ना सदस्यहरु तथा मन्दिर परिक्रमा गर्न आउने भक्तजनहरु तथा स्थानीय श्रद्धालुहरुलाई लक्षित गर्दै दन्त स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरेको छ जसमा २५० जना भन्दा बढीले स्वास्थ्य लाभ लिएको थियो भने शिविरलाई प्राविधिक सहयोग निलबाराही डेन्टल होम प्रा. लि. का  डा. अनिल चक्रधर लगायतका स्वस्थ्यकर्मीहरुको टिमले सहजिकरण गरेको अध्यक्ष अष्ट प्रजापतिले जानकारी दिए । अध्यक्ष प्रजापतिले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना सदस्यहरु र मन्दिर परिसर परिक्रमा गर्न आउने भक्तजनहरु, जेष्ठ नागरिक र स्थानीयको स्वास्थ्य लगायतका कार्यहरुमा संस्थाले आवश्यक सेवा दिइ आएको र आगामी दिनमा संस्थाको सहयोग निरन्तर रहने जानकारी दिएका छन् ।



Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top