ललितपुरका व्यवसायीहरुलाई भाषण कला सम्बन्धी तालिम

0



ललितपुर । सिलाई तथा कपडा व्यवसायीहरुलाई लक्षित गर्दै क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । व्यवसायीहरुलाई सिलसिला मिलाएर बोल्ने शैली, औपचारिक कार्यक्रम सञ्चालन गर्ने विधि र भाषण कला सम्बन्धी चारदिने तालिम ललितपुर कपडा तथा सिलाई व्यवसायी संघको समन्वयमा दिइएको हो । 

तालिम समापन कार्यक्रममा मन्तव्य राख्ने क्रममा ललितपुर महानगरपालिका वडा नं. ६ का वडाध्यक्ष रुपेन्द्र राज शाक्यले बोल्ने शैलीको विकास अनिवार्य सर्त रहेको दाबी गरे । ‘जुनसुकै पेशा व्यवसायमा आवद्ध रहेका मान्छेलाई व्यक्तित्व विकास गर्नमा बोलीले साथ दिन्छ । विद्यार्थीहरुको प्रेजेन्टेसनदेखि सीप सिकेका दिदीबहिनीहरुको व्यवसाय राम्रो बनाउन पनि सहि तरिकाले ग्राहकसँग व्यवहार गर्नुपर्छ ।’ शाक्यको भनाइ थियो ।

हुन पनि सिलासिला मिलाएर, प्रभावकारी ढंगले आकर्षक तरिकाले बोल्नेहरुको व्यवसाय फस्टाएको देखिन्छ । सीप जानेका उद्यमी र व्यवसायीहरुको उद्यमशीलता विकास गर्नमा समेत बोलीको भूमिका रहन्छ । 

त्यस्तै, संघका अध्यक्ष प्रेम महर्जनले जिल्लामा सक्रिय रहेका व्यवसायीहरुको क्षमता अभिवृद्धि गर्नको लागि उद्घोषण तथा आकर्षक ढंगले बोल्ने शैलीको तालिम दिइएको बताए । सीप जानेर पनि प्रगती गर्न गाह्रो भइरहेका व्यवसायीहरुको लागि तालिम कार्यक्रमले सहयोग गर्नेमा विश्वास व्यक्त गरे । चैतको तेस्रो हप्तादेखि लगनखेलमा आयोजित कार्यक्रमलाई सञ्चारकर्मी केके मानन्धरले प्रशिक्षण दिएको थियो ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top