महोत्सवमा दैनिक प्रयोगमा आउने उपभोग्य सामाग्रीहरु खाद्यान्न, भाडाकुडाको साथै बिभिन्न्न प्रकारका लत्ताकपडाहरु, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामाग्रीहरु बिक्रीका लागि राखिएका छन् । औद्योगिक उत्पादनको प्रर्दशनी, सूचना तथा बिज्ञान प्रबिधिको प्रर्दशनी, अटो मोवाइल प्रर्दशनी, आधुनिक कृषि औजार प्रर्दशनी तथा विक्री हुने जनाइएको छ । मेलामा मोवाइल तथा ईलेक्ट्रोनिक्स सामानको व्यापार तथा प्रर्दशनी एवं बिक्रीका लागि स्टलहरु रहेका छन् ।
महोत्सवमा साना नानीबाबुहरुका लागि बाल उद्यान संचालन गरिएको छ । मेला संयोजक दीपक थापाका अनुसार महोत्सवमा ड्रागन ब्रेक डान्स, नाउ तथा विभिन्न प्रकारका बालबालिकाका लागिे खेल स्थलहरु रहने छ । साथमा रोटे पिङ्ग, रेनजर, मारुती सर्कस समेत संचालन हुने बनाए । पर्यटकीय गतिविधि, स्थानिय खाना महोत्सवका साथै दैनिक रुपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुती हुनेछ । महोत्सवस्थलमा स्थानिय हस्तकला, कृषि उत्पादनलाई समेत प्राथमिकताका साथ समावेश गरिएको जनाएको छ ।
मेलामा बिक्री गरिने सामानहरुमा २० देखि ५० प्रतिशतसम्म छुटको ब्यवस्था गरिएको छ । महोत्सवमा १५० स्टल रहेका छन् । करिब पाँच लाख भन्दा बढी उपभोक्ताले महोत्सव अवलोकन गर्ने अपेक्षा लिएको महोत्सवलाई व्यवस्थित गर्न रु ५० र रु ८० प्रवेश शुल्कको व्यबस्था गरिएको छ । विद्यार्थी र जेष्ठ नागरिकलाई विशेष छुटको व्यवस्था गरिएको छ । भक्तपुर, काठमाडौ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका वासिन्दाले यसबाट लाभ लिन सक्ने आयोजकले अपेक्षा गरेको छ ।
’नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्ने नाराका साथ नवौं भक्तपुर औद्योगिक सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८१÷०८२ भएको हो । नयाँ वर्ष २०८२ र भक्तपुरको एतिहासिक विस्काः जात्राको अवसर पारेर एघार वर्षदेखि निरन्तर आयोजना हुँंदै आएको महोत्सव विगतमा कोरोनाका कारण दुई वर्ष स्थगित भएको थियो । मेलाको विहीबार संघीय सांसद दुर्लभ थापाले एक समारोहवीच उदघाटन गरेको छ ।