काठमाडौं क्यान्सर सेन्टर र देवी उच्च मा वि आसपासको क्षेत्रमा त कुनै ठूलो राष्ट्रिय गौरवको आयोजना संचालन भए जस्तै गरी अवैध रुपमा माटो बालुवा उत्खनन हुने गरेको छ । विडम्बना नै भन्नु पर्छ काठमाडौं क्यान्सर सेन्टरले त माटो ओसार पसार गर्न आफ्नो गेट नै प्रयोग गर्न दिइ रहेको छ । दिनभर ताला लाग्ने अस्पतालको सहायक गेट रात परेपछि मात्र खुल्ने गरेको स्थानियको आरोप छ । चाँगुनारायण नगरपालिकाले २०८१ फागुन २५ गते सूचना नै जारी गरी घर निर्माणका लागि नक्सा पेश भएको अवस्थामा बाहेक घर घडेरी सम्याउने नाममा माटो ओसार पसार गर्न अनुमति नदिने र यदि गरेको पाइए कारवाही गर्ने निर्णय समेत प्रकाशन गरेको थियो ।
तर, माटो बालुवा ओसार पसारमा संलग्नहरुले भने उप प्रमुख रमेश बुढाथोकीको नाम बदनाम गर्दै अवैध रुपमा काम गर्दै आएका छन् । यस विषयमा उप प्रमुख बुढाथोकी भने अनविज्ञ रहेको देखिएका छन् । अवैध रुपमा हुने माटो बालुवा ओसार पसारमा बुढाथोकी कै नाम बदनाम हुदै आएपछि उनले अनुगमलाई तिब्र पार्दै आएको छ । उप प्रमुख बुढाथोकीले अनुगमनलाई तिब्र पारेपनि नगरपालिका भित्रैबाट सूचना चुहिदा अनुगमनमा गएका नगर प्रहरी रित्तै हात फर्किन बाध्य छन् । छिल्लो समय चाँगुनारायण नगरपालिकाको वडा नम्बर ९ मा मात्रै नभई वडा नम्बर १, ३, ४ लगायतका क्षेत्रमा पनि रातको समयमा अवैध रुपमा माटो बालुवा तस्करी हुने गरेको छ । यता, स्थानियहरुले भने स्थानीय सरकारको नेतृत्व गरिरहेका जनप्रतिनिधि, प्रहरी प्रशासन कै मिलेमतोमा अवैध रुपमा माटो बालुवा ओसार पसार भएको आरोप लगाएका छन् ।