नगदेश सिद्धिगणश मन्दिरका गुथियारलाई पोशाक वितरण

0



मध्यपुर थिमि । मध्यपुर थिमिको नगदेशस्थित सिद्धि गणेश मन्दिरका द्योपाला (गुथियार)हरुलाई शनिबार एक कार्यक्रम गरी पोशाक वितरण गरिएको छ । सिद्धि गणेश द्योछें विकास समितिले द्योपालाहरुलाई पोशाक वितरण गरिएको हो । 

बिस्का जात्राको क्रममा द्योपालाहरु सवैजना एउटै पोशाकमा होस् भन्ने मनसायले वितरण गरिएको समितिका सचिव विजयशंकर प्रधानांगले जानकारी दिए । उनका अनुसार बिस्का जात्राको क्रममा प्रत्येक वर्र्षको अन्तिम दिन (चैत्र मसान्त), वैशाख १ गते र वैशाख २ गते यहाँं सिद्धि गणेशको एकल खटजात्रा हुन्छ । वैशाख १ गते बहनीसिया जात्रा (बेलुकाको जात्रा) र २ गते सुथःसिया जात्रा (विहान) को जात्रा हुने गर्दछ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top