बहु कलाकारको अभिनय रहेको नेपालभाषाको म्युजिक भिडियो

0



ललितपुर । अहिले गीतसंगीत क्षेत्रमा नेपालभाषाको म्युजिक भिडियो निर्माणको लहर तिब्र गतिमा चलिरहेको छ । यसै क्रममा “धेबा फुत बाबा धेबा फुत” बोलको गीतको म्युजिक भिडियोमा बहु कलाकारको अभिनय प्रयोग गरेर नौलो स्वाद पस्कने प्रयास भएको छ । यसमा भुपेन्द्र बज्राचार्य, सुरजबीर बज्राचार्य, अमोघबीर बज्राचार्य, निल शाक्य, अमर चित्रकार र अनुप शाक्यले आवाज दिएको छ भने यस भिडियोमा गायनमा संलग्न सबै कलाकारहरुका साथमा सलोना बज्राचार्य, मोहिद्दिन खान, श्रुयति शाक्य, अर्चा बज्राचार्य, लबिक महर्जनलगायतका कलाकारहरुले अभिनय रहेको छ ।

यसरी बहु गायक र बहु कलाकार प्रयोग गरिएको यो गीतको भिडियो शनिबार कीर्तिपुर सिनेप्लेक्समा प्रिमियर गर्ने तयारी भएको जनाएको छ । 

ललितपुर महानगरपालिका १६ वडाका वडाध्यक्ष निर्मलरत्न रत्न शाक्यका अनुसार शनिबार हुने प्रिमियर कार्यक्रम पनि फरक शैलीमा गर्ने तयारी भइरहेको छ जनाएको छ । कार्यक्रम वडा १६ कलाकार समितिको आयोजना रहने सो प्रिमियरको लागि कलाकार समितिका संयोजक सुरजबीर बज्राचार्यले कार्यक्रमको तयारी अन्तिम् चरणमा पुगिसकेको जानकारी दिए ।

मल्टि स्टार भनि चर्चा भइरहेको यो म्युजिक भिडियोका  रचनाकार र संगीतकार भुपेन्द्र बज्राचार्य हुन् । यसको छायांकन र सम्पादन  अमर चित्रकारले गरेका हुन् ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top