यो वर्षको विश्व नेवाः दिवस भक्तपुरमा हुने

0



भक्तपुर । विश्वभरि छरिएर रहेका नेवाःहरुको साझा संस्था हलिं नेवाः दबूले १६ गते शनिबार भक्तपुरको दरवार क्षेत्र परिसरमा विश्व नेवा दिवस मनाउने भएको छ । स्थापनाकालदेखि विश्वभर छरिएर रहेका नेवारहरुलाई एक ठाउँमा ल्याउनका लागि विविध कार्यक्रमहरु संचालन गर्दै आएकोको संस्थाले हरेक वर्ष मार्च महिनाको अन्तिम शनिवारलाई विश्व नेवाः दिवसको रुपमा मनाउने घोषणा गरेसँगै विश्व नेवाः दिवस मनाउँंदै आएकोमा यो वर्ष भक्तपुरमा हुन लागेको जनाएको हो ।

अमेरिकाको बाल्टिमोरमा मुख्य कार्यालय रहेको यो संस्थाले विश्वका २८ वटा देशमा आफ्नो शाखा विस्तार गरिसकेको बुधबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा बताइयो । यसैक्रममा नेवारहरुको आदिभूमि नेपालमा पनि यसको शाखा केन्द्रसँगसँगै सन् २०१२ मा स्थापना गर्ने कार्य भएको थियो । सन् २०१८ मा नेपालमा भएको ग्लोबल नेवाः कन्फरेन्सको आयोजना गरी सोही समयमा विश्वका २४ वटा देशका प्रतिनिधिहरुको भेलाले दिवस मनाउने निर्णयकासाथ कार्यक्रम गर्दै आएको जनाएको छ । 

यस वर्ष आठौं पटक विश्व नेवाः दिवस मनाउन गइरहेका संस्थाका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले पत्रकार सम्मेलनमा भने । विश्व नेवाः दिवस मनाउने क्रममा काठमाडौंमा ५ पटक, ललितपुरमा दुई पटक आयोजना गरिसकेको र यस वर्ष यही चैत्र १६ गते शनिबार विश्व सम्पदामा सूचिकृत भक्तपुर दरवार क्षेत्रमा यो कार्यक्रमको आयोजना गर्न गइरहेको जानकारी दिए । 

यसका लागि सम्बन्धित सम्पूर्ण निकायबाट स्वीकृति लिइसकेका जनाइयो । यस अवसरमा नेवाः समुदायको भाषा, कला, संस्कृत्ति सम्बन्धी संरक्षण, सम्बद्र्धन गर्ने उद्देश्यसहित सांस्कृतिक कार्यक्रमका साथै विभिन्न क्षेत्रबाट नेपाल र नेवारको उत्थानका लागि योगदान पु–याउने महानुभाव तथा संघसंस्थाहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको जनाइएको छ । 

हलिं नेवाः दिवसको मुख्य आकर्षणका रुपमा सो दिन बिहान दत्तात्रयमा भेला भई विभिन्न सांस्कृतिक झांकीसहित भक्तपुर नगर परिक्रमा गर्ने कार्यक्रम रहेको छ । यसका साथै भक्तपुरकै प्रसिद्ध विश्वकर्मा भैलः प्याखं, घिन्ताङ्गधिसि नाच, दाफा भजनलगायतको विशेष प्रस्तुति रहने जनाएकोछ ।

कार्यक्रम बिहान ७ः३० बजे सांस्कृतिक –यालीबाट सुरु गरिने र ९ः३० मा भक्तपुर दरवार क्षेत्रमा भेला भई औपचारिक कार्यक्रम सुरु हुनेछ । कार्यक्रमको उदघाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top