बिस्काको अवसर पारेर औद्योगिक साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव हुने

0



भक्तपुर । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्ने नाराका साथ नयाँ वर्ष २०८२ र भक्तपुरको प्रसिद्ध विस्काः जात्राको अवसर पारेर औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डको संयुक्त आयोजनामा “नवौं भक्तपुर औद्योगिक, कृषि, साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव २०८१÷०८२” को आयोजना गर्न लागिएको एक पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । कार्यक्रम भक्तपुर सल्लाघारीको तीनकुनेस्थित खुल्ला चौरमा विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि यही चैत २८ गतेदेखि बैशाख ७ गतेसम्म ११ दिन महोत्सव संचालन हुने जनाइएको छ । 

पत्रकार सम्मेलन मार्फत महोत्सवमा दैनिक जीवनमा प्रयोग हुने उपभोग्य खाद्यान्नका सामाग्रीहरु, भाडाकुडाको साथै बिभिन्न प्रकारका लत्ताकपडा, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामान बिक्रीका लागि राखिने जनाइयो । मेलामा औद्योगिक उत्पादनको प्रर्दशनी, सूचना तथा विज्ञान प्रबिधिको प्रर्दशनी, अटो मोवाइल, आधुनिक कृषि औजारको प्रर्दशनी तथा विक्री हुने जानकारी गराइयो । 

त्यस्तैे महोत्सवमा साना बालबालिकाहरुको लागि बाल उद्यान संचालन गर्नुका साथै ड्रागन ब्रेक डान्स, नाउ तथा विभिन्न प्रकारका बच्चाको खेलौना स्थलहरु रहने छ । साथमा रोटे पिङ्ग, रेनजर, मारुती सर्कस समेत संचालन हुने पत्रकार सम्मेलनमा मेला संयोजक दीपक थापाले भने ।

कर्यक्रममा पर्यटकीय गतिविधि, स्थानिय खाना महोत्सवका साथै दैनिक रुपमा राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुती हुनेछ । राष्ट्रिय स्तरका कलाकारहरुको हाँस्य व्यङ्ग्य तथा फेशन ¥याप तथा नृत्यहरु, नृत्य प्रतियोगिताले महोत्सव थप आकर्षण बन्ने विश्वास लिइएको छ । महोत्सवस्थलमा स्थानिय हस्तकला, कृषि उत्पादनलाई समेत समावेश गर्ने तयारी गरेको छ । 

मेलामा बिक्री गरिने सामानहरुमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यबस्था गरिएको छ । यस महोत्सवमा १ सय ५० स्टल रहने छ । करिब पाँच लाख भन्दा बढी उपभोक्ताले महोत्सव अवलोकन गर्ने अपेक्षा लिएको छ । महोत्सवलाई व्यवस्थित गर्न रु. ५० र रु. ८० प्रवेश शुल्कको व्यबस्था गरिएको छ । साथै स्थानीय उत्पादनको स्टल राख्न चाहनेहरुका लागि निःशुल्क रुपमा १० वटा स्टल उपलब्ध गराइने पनि आयोजकले जानकारी दिए । विद्यार्थी र जेष्ठ नागरिकलाई विशेष छुटको व्यवस्था गरिएको मेलाले भक्तपुर, काठमाडौ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका वासिन्दाले समेत लाभ लिन सक्ने जनाइएको छ । 

बैशाख १३ गते सोही स्थानमा चर्चित गायक गायिकाहरुको प्रस्तुति रहने भक्तपुर सांगतिक साँझ–२०८२ को समेत आयोजन गर्न लागिएको औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले बताए ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top