हाटबजारमा हरिया तरकारी बिक्री गर्दै कलिला विद्यार्थी

0



भक्तपुर । रोम्बस नेशनल स्कूलको आयोजनामा हाटबजार संचालन गरिएको छ । सो हाटबजारमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूले भाग लिएका थिए । उनीहरुले विभिन्न सामग्रीहरु बिक्री लागि राखेका थिए । हाटबजारमा हरियो सागपात, ताजा तरकारी, जुस, कफी, पानीपुरी र अन्य परिकारहरू राखिएका थिए ।

विद्यार्थीहरू आफैंले ग्राहक बोलाउँदै, मूल्य निर्धारण गर्दै र सामान बिक्री गर्दै व्यावसायिक सोचको अभ्यास गरिरहेका थिए । विशेषगरी पानीपुरी सबैभन्दा लोकप्रिय रह्यो, जहाँ विद्यार्थीहरूको उत्साह, हाँसो र रमाइलो माहोलले हाटबजारलाई अझ आकर्षक बनाएको थियो । जुस र कफी स्टलमा पनि शिक्षक तथा अभिभावकहरूको विशेष चासो देखियो ।

कार्यक्रमको उदघाटन विद्यालयका उपप्रधानाध्यापक अमृता ढकालले गरेको थियो । उनले विद्यार्थीहरूलाई व्यवसायिक सीप, आत्मनिर्भरता र परिश्रमको महत्व बुझाउन यस प्रकारको कार्यक्रम आयोजना गरिएको बताए । उनले भने, “सानै उमेरदेखि सिकाइएका यस्ता सीपले भविष्यमा ठूला अवसरहरू सिर्जना गर्न सक्छन् ।“

शिक्षक, अभिभावक र विद्यार्थीहरूको सक्रिय उपस्थिति रहेको हाटबजारलाई झनै प्रभावकारी बनायो । विद्यार्थीहरूले सहकार्य, जिम्मेवारी र व्यवहारिक व्यापारिक सीप सिक्ने अवसर पाए ।

विद्यालयले आगामी दिनमा पनि विद्यार्थीहरूलाई व्यवहारिक शिक्षा प्रदान गर्न यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने योजना बनाएको जानकारी दिएको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top