भक्तपुर, चैत्र १० शनिबार । तरुणदलका पूर्व अध्यक्ष तथा नेताहरुको भेला आज भक्तपुरमा सम्पन्न भएको छ । बिगतमा तरुण दलको नेतृत्व तहमा पुगिसकेका नेता तथा केन्द्रिय पदाधिकारी र जिल्ला सदस्यहरुको भेला भक्तपुरमा सम्पन्न भएको हो ।
वर्तमान राजनीतिक गतिबिधिहरु र यसले श्रृजना गरेको राजनीतिक वातावरणका बिषयमा केन्द्रित रहेर उक्त कार्यक्रममा छलफल गरिएको तरुण दलका पूर्व अध्यक्ष बिनोद प्रसाद कायस्थले जानकारी दिए ।
नेपाली काँग्रेसलाई मजबुद बनाउन लागेका बिगतका पदाधिकारीहरु हाल केही जिम्मवार पदमा रहेर राजनीतिमा सक्रिय रहिरेहेका र हाल क्रियाशील रहेका साथीहरुमा अबको राजनीतिक दिशा कस्तो हुनु पर्छ भन्ने बिषयमा ब्यापक रुपमा छलफल गरिएको कायस्थले बताए ।
संबिधानसभाबाट प्राप्त उपलब्धि बिरुद्ध सडकमा बिगत केही समय यतादेखि अराजक प्रदर्शन भईरहेकाले सो उपलब्धिको रक्षार्थ पनि सरकार र पाटीलाई सकारात्मक दबाब श्रृजना गर्न यो भेला उपलब्धिक मूलक हुने उनले बताए । भेलामा छलफल भएका बिषयहरुलाई संग्रह गरि पार्टी केन्द्रिय कार्यालयका पदाधिकारीहरुलाई बुझाउने र यसले पार्टीका आगामी दिनको कार्यदिशा निमार्ण गर्न पनि थप सहयोग पुग्ने अपेक्षा रहेको कायस्थले बताए ।
भेलामा देशका बिभिन्न जिल्लाबाट १०० औंको सङ्ख्यामा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।