संगीत कलाकर्मीहरुलाई हौसलाको प्रतिक सांगीतिक भेट

2 minute read
0

 


काठमाडौं । गत चैत्र २ गते शनिवार ललितपुर महानगरपालिका–२१, खोकना स्थित संसार संगीतालयद्वारा संचालित साप्ताहिक सांगीतिक कार्यक्रम सांगीतिक भेटको २० औं भाग संसार क्रियशन नेपालको सभा कक्षमा गायक अनिल सायमिको एकल गायन प्रतिभा प्रस्तुती रहेकोमा युगल गीतहरुमा चर्चित गायिका सरिता प्रजापतिले साथ दिदै गायन कला प्रस्तुती कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त सांगीतक भेट कार्यक्रममा बरिष्ठ लेखक÷निर्देशक अथितिकोे साथै संगीत प्रेमी कलाकर्मीहरुको बाक्लो उपस्थीत रहेको थियो ।

संसार क्रियशन नेपालका क्रियटिभ डाइरेक्टर स्वतन्त्र संसार महर्जनले सहजीकरण गरेको कार्यक्रममा अथिति र कलाकर्मीहरुलाई स्वागत मन्तव्य व्यक्त गर्दै लुकेका प्रतिभावान गायक गायिकाहरुलाई प्रतिभा प्रस्तुत गर्ने दवलीको रुप दिदै सामाजिक सञ्जाल, संसार्स अनलाइन टिभीवाट प्रत्यक्ष प्रसारण गरी ब्यापक पहिचान प्रस्तुत गर्नेे लक्ष्य अनुरुप गायक गायिकाहरुलाई सांगीतिक भेट कार्यक्रममा सरिक हुन आग्रह गरे । 

संसार संगीतालय एक प्रकारको संगीत विद्यालय भएको, गायक गायिकाहरुको भलो चिताउने संस्थाको लक्ष्य रहेको, क्रियशन भनेको अमुल्य विचारको महा सागर हो, जसको २० औं भाग सम्पन्न भएको छ । जसको निरन्तरताको कामना गर्दै संगीतालय संरक्षक, आयोजक, कार्यक्रम संचालक, क्यामरा पर्सन प्रेमा संसार महर्जनका साथ फोटोग्राफर विक्रम शाही लगायत कार्यक्रम सहयोगी सवैलाई धन्यवादका साथ शुभ कामना दिएको थियो ।


गायिका कल्पना श्रेष्ठ ः नेपाली संगीतको चम्किँदो तारा

प्रारम्भिक जीवन र शिक्षा

गायिका कल्पना श्रेष्ठको जन्म काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक स्थलको रुपमा रहेको असन क्षेत्रमा भएको हो । बाल्यकालदेखि नै उनी संगीतप्रति आकर्षित थिइन् । पारिवारिक वातावरणले पनि उनलाई संगीतप्रति झुकाव राख्न प्रेरित ग¥यो । असनको सांस्कृतिक परिवेशमा हुर्किएकी कल्पनाले शिक्षा भने भक्तपुरको सानोथिमिबाट प्राप्त गरिन्, जहाँ उनी बाल्यकालदेखि नै स्थायी रूपमा बसोबास गर्दै आएकी छन् ।

शिक्षण पेशा र गायन

पेशाले शिक्षिका रहेकी कल्पना श्रेष्ठले शिक्षणलाई मात्र आफ्नो पहिचान बनाएनन्, बरु संगीतलाई आफ्नो जीवनको अभिन्न अंश बनाइन् । उनी नेपाली भाषाका साथै नेपालभाषा (नेवारी) गीत–संगीतमा विशेष रूपमा सक्रिय छन् । नेपाली गीत– संगीतका साथै नेपालभाषा गीतलाई जगेर्ना गर्न उनले महत्वपूर्ण योगदान दिएकी छिन् संगीत यात्राको प्रारम्भ नेपाली संगीत क्षेत्रमा आफ्नो पहिचान बनाउन सजिलो थिएन । तर पनि कल्पनाले आफ्नो मेहनत र लगनशीलताका कारण छोटो समयमा नै राम्रो स्थान बनाउन सफल भइन् । पहिलो गीत रेकर्ड गराउँदादेखि नै उनको आवाजले श्रोताको मन जित्न सफल भयो । उनले थुप्रै एल्बमहरूमा आफ्नो आवाज भरिसकेकी छन्, जसले उनलाई अझ चर्चित बनायो ।

चर्चित गीतहरू

कल्पना श्रेष्ठका गीतहरू मध्ये “नजाउ टाढा क्षितिजमा“ निकै लोकप्रिय बनेको छ । यस गीतले नेपाली संगीतप्रेमी माझ राम्रो चर्चा पायो । त्यस्तै, उनले गाएका अन्य दर्जनौं गीतहरू पनि उत्तिकै लोकप्रिय छन् ।

नेपालभाषा (नेवारी) गीतमा योगदान

नेपाली गीत ÷ संगीतसँगै उनले नेपालभाषा (नेवारी) गीत ( संगीतमा पनि उत्तिकै योगदान दिएकी छिन् । आफ्नो सांस्कृतिक सम्पदा जोगाउन तथा संरक्षण गर्न उनले नेवारी भाषाका गीतहरू गाउने मात्र होइन, नयाँ पुस्तालाई पनि प्रेरित गर्ने काम गरिरहेकी छिन् ।

गायनको लक्ष्य र भावी योजनाहरू

कल्पना श्रेष्ठले नेपाली तथा नेपालभाषा संगीतलाई अझ उचाइमा पुरÞ्याउने लक्ष्य राखेकी छिन् । उनी नयाँ पुस्ताका संगीतकर्मीहरूसँग सहकार्य गर्न चाहन्छिन्, जसले गर्दा नेपाली गीत–संगीतको क्षेत्रमा नवीनता भित्र्याउन सकियोस् ।

कल्पना श्रेष्ठ नेपाली संगीत क्षेत्रको एक महत्त्वपूर्ण नाम हो । पेशाले शिक्षिका भए पनि उनको वास्तविक पहिचान गायनमा स्थापित भएको छ । नेपाली तथा नेपालभाषा गीत–संगीतलाई उनले दिएको योगदान सधैं सम्झनलायक रहनेछ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top