सहयोगी साकोसमा नयाँ नेतृत्व चयन

0


भक्तपुर । मध्यपुर थिमिको बालकुमारीमा रहेको सहयोगी बचत तथा सेवा केन्द्र सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारणसभाबाट संस्थाका अध्यक्ष रामकृष्ण श्रेष्ठको सभापतित्वम सम्पन्न भएको छ । कार्यक्रम संस्थाका जेष्ठ सदस्य हेरा बहादुर तामस श्रेष्ठले पानसमा दिप प्रज्वलन गरी उद्घाटन गरेकोे  कार्यक्रममा भक्तपुर जिल्ला सहकारी संघका विरेन्द्रभक्त प्रधानाङ्ग, जिल्ला बचत संघ भक्तपुरका बालकृष्ण ध्वजु, मध्यपुर थिमि सहकारी शाखा प्रमुख अभयन्द्र रञ्जित, बालकुमारी सहकारीका सचिव पृथ्वीराम श्रेष्ठलगायतका अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गरेको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्षबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै  १७ सय १ जना सदस्यबाट शेयर पुँजी १ करोड ५२ लाख ३४ हजार ६ सय रुपैंया पुगेको जानकारी दिए । संस्थाका कोषाध्यक्ष प्रदिप श्रेष्ठले आ.व.२०८०÷०८१ मा ६ लाख ८५ हजार ६ सय खुद बचत भएको तथ्य प्रस्तुत गर्दै आर्थिक प्रतिवेदन प्रस्तुत गरेको थियो । संस्थाका उपाध्यक्ष सुवर्णभक्त श्रेष्ठले सहजिकरण गरेको कार्यक्रममा संस्थाका संचालक सदस्य केशवरचरण श्रेष्ठले संस्थाले ३ सय ६५ दिन नै सदस्यहरुलाई सेवा दिएको जानकारी दिदैं स्वागत मन्तव्य व्यक्त गरेको थियो । जेष्ठ शेयर सदस्य हेरा बहादुर तामस श्रेष्ठलाई सम्मानपत्रसहित सहयोगी जेष्ठ सदस्य सम्मान प्रदान गरिएको कार्यक्रममा गतवर्षको एसईई परीक्षामा उच्च अंक प्राप्त गरेका ४ जना छात्रछात्रालाई नगद सहित सहयोगी शैक्षिक सम्मान प्रदान गरिएको थियो । त्यस्तै कार्यक्रममा बालप्रमी मा.वि. सुङ्गाटोल र गणेश मा.वि. नगदेशका जेहेन्दार छात्र छात्रालाई छात्रवृत्तिसमेत प्रदान गरिएको थियो । शंखधर बैंक्वेटमा भएको उक्त १९ औं साधारणसभाबाट आगामी ४ वर्षका लागि नयाँ कार्यसमितिसमेत चयन भएको छ ।

आगामि ४ वर्षका लागि चन्द्रकृष्ण (गोपाल) श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय संचालक समिति निर्विरोध चयन भएको छ । जसमा संचालक उपाध्यक्षमा जीवन श्रेष्ठ, सचिवमा सुवर्णभक्त श्रेष्ठ, कोषाध्यक्षमा प्रदिप श्रेष्ठ र सचिवमा सुवर्णभक्त श्रेष्ठ सर्वसम्मत चयन भएको छ भने ७ सदस्यीय संचालक समितिको सदस्यहरुमा रामकृष्ण श्रेष्ठ, केशवचरण श्रेष्ठ र रामकेशरी श्रेष्ठ निविरोध निर्वाचित भएको छ । त्यस्तै लेखा संयोजकमा जोतिष श्रेष्ठ र सदस्यद्धयमा सजनी श्रेष्ठ र रेनु श्रेष्ठ रहकोे नवनिर्वाचित संचालक अध्यक्ष श्रेष्ठालले जानकारी दिएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top