मध्यपुर थिमिमा सुविधा सम्पन्न अस्पताल भवन निर्माणको शिलान्यास सम्पन्न

0



भक्तपुर । मध्यपुर थिमि नगरपालिकाबाट सञ्चालनमा रहेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले सुविधा सम्पन्न नयाँ भवन निर्माण गर्न लागेको छ । नयाँ भवन अस्पताल परिसरमै निर्माणको लागि आयोजित एक कार्यक्रमकाबीच उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले शिलान्यास गरेको छ । सो अवसरमा उपप्रधान मन्त्री सिंहले रोग लागिसकेपछि थप मानसिक पिडा हुने भएकाले राग लाग्न नदिन सबै सचेत र सजग हुनुपर्ने बताउदै अस्पतालमा सञ्चालन हुने सेवाबाट नेपाल र कोरियाबीचको मैत्री सम्बन्धलाई अझ अगाडि बढाउने र आमनागरिकले पनि सहज रुपमा स्वास्थ्य सेवा उपभोग गर्न सक्ने विश्वास व्यक्त गरे ।

भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले अस्पतालको स्तरोन्नतीले भक्तपुर जिल्ला मात्र नभई छिमेकी जिल्लाका नागरिकले समेत गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे । उनले स्वास्थ्य केन्द्रको रुपमा स्थापना भएको संस्था आजको अवस्थामा बिस्तार गर्न योगदान दिने पूर्व जनप्रतिनिधि र कर्मचारीहरुलाई पनि बिर्सन नहुने धारणा व्यक्त गरे ।

नेपालका लागि दक्षिण कोरियाका राजदुत ताईयोङ्ग पार्कले नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल नेपाल र कोरिया सरकारको मित्रताको प्रतिक रहेको बताउँदै कोरियाली सरकार सदैव नेपाल र नेपालीको साथमा रहेको बताउँदैं अस्पतालको स्तर बृद्धिमा सधै सहयोग गरी रहने प्रतिवद्धता जनाए ।

कोइकाका नेपालस्थित कन्ट्र«ी डाईरेक्टर मुहेन कोङ्गले नेपालको स्वास्थ्य क्षेत्रको विकास र बिस्तारको लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमार्फत सहयोग गर्न पाउँदा कोरियाली सरकार खुसी रहेको बताए । त्यस्तै मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरवासीलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन नयाँ भवन निर्माण गर्न लागेको जानकारी दिदैं “क्युङ्ग हि नेपाल स्वास्थ्य केन्द्रका रुपमा सन् १९९९ मा स्वास्थ्य सेवा प्रदायकको रुपमा थिमिमा प्रवेश भई क्रमशः कोरिया नेपाल मैत्री अस्पताल हुँदै वि. सं. २०७५ सालबाट नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको रुपमा नगरवासीहरुलाई सहज र सर्वसुलभ स्वास्थ्य सेवा प्रवाह गर्दै आइरहेको बताए । अस्पताललाई दक्षिण कोरिया सरकारको ९.५ मिलियन युएस डलर (करिव १ अर्व २८ करोड बरावरको सहयोगमा निर्माण हुन गईरहेको दोश्रो चरणको सुविधा सम्पन्न भवनले नगरवासीहरुका साथै आसपासका जिल्लाबासीलाई समेत अझ गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्न सहज हुने अपेक्षा आफूले लिएको बताए ।

मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले कोरिया सरकारको निरन्तर सहयोग र स्थानीय सरकारको आर्थिक तथा प्राविधिक सहयोग, जनप्रतिनिधिहरुको लगाव, स्वास्थ्य सेवामा अभिरुची, निर्देशन, अनुगमनको कारण यो अस्पताल देशकै अब्बल स्वास्थ्य सेवा प्रदायक संस्थामध्ये एक बन्न सफल भएको बताउँदै आगामी दिनहरुमा पनि गुणस्तरीय सेवाका लागि स्थानिय सरकार निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा स्वागत मन्तव्य अस्पतालका कार्यकारी निर्देशक डा. डि के रौशनले गरेको थियो । कार्यक्रममा सहजीकरण नगरपालिका आर्थिक विकास महाशाखा प्रमुख तुलसीभक्त तकोले गरेको कार्यक्रममा जनप्रतिनिधिहरु स्थानीय तहका दलका नेताहरु र स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो ।



Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top