दलको अनौठो चुनावी तालमेल : कांग्रेसको चुनाव चिह्नमा एमालेको उम्मेदवार

0



काठमाडौं – आसन्न स्थानीय तहको उपनिर्वाचनमा सत्तारुढ २ ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले अनौठो चुनावी तालमेल गरेका छन् । सशस्त्र संघर्षको समयदेखि नै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको गढका रुपमा परिचित रहेको पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकामा कांग्रेस र एमालेले अनौठो चुनावी तालमेल गरेर सबैको ध्यान तानेको छ ।

मंसिर १६ गते पुथा उत्तरगंगा गाउँपालिकामा हुन लागेको पालिका उपाध्यक्षको लागि हुन लागेको निर्वाचनमा कांग्रेस–एमालेले चुनाव चिह्न र उम्मेदवार एक आपसमा साटेका छन् । पुथा उत्तरगंगामा कांग्रेस र एमालेले माओवादीको गढ भत्काउने योजनासहित यो तालमेल गरेको आकंलन गरिएको छ ।

तालमेलको रमाइलो पक्ष केछ भने पुथा उत्तरगंगामा एमाले उम्मेदवार केशकुमारी तुलाचनलाई कांग्रेसले सघाउने छ । एमाले जिल्ला कमिटी उपसचिव एवम् अनेमसंघ केन्द्रीय सदस्यसमेत रहेका उनी चुनाव भने कांग्रेसको चुनाव चिह्न रुखबाट लड्ने भएकी छिन् ।

दुई दलले माओवादीको गढ जसरी पनि भत्काउने योजनासहित उम्मेदवार एमालेको तर चुनाव चिह्न भने कांग्रेसको हुने सहमति आइतबार गरेर मनोनयन पनि गरिसकेका छ्न । दुई दलले उक्त गाउँपालिकाको वडा नम्बर २ को अध्यक्षमा एमाले जिल्ला कमिटी सदस्य जीवन रोका उठाउने निर्णय गरेका छन् । एमाले उम्मेदवारलाई कांग्रेसले साथ दिने छ ।

दुई ठूला दल नमिलेसम्म माओवादीलाई हराउन नसकिने निष्कर्षसहित यो सहमति भएको हो । उक्त गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढा र वडा नम्बर २ का अध्यक्ष जसबहादुर श्रीपालीको एकै सवारी दुर्घटनामा ज्यान गएको थियो । उनीहरू दुवैजना माओवादीबाट २०७९ मा विजयी भएका जनप्रतिनिधि थिए । गत भदौ २८ गते बागलुङमा भएको गाउँपालिकाकै गाडी दुर्घटनामा परी उनीहरूले ज्यान गुमाएका थिए । भूपेन्द्रकी आमाको पनि रा १ झ २०० नम्बरको सरकारी गाडी दुर्घटनामा निधन भएको थियो ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top