भक्तपुर । झरना बचत तथा ऋण सहकारी संस्था लि.ले १ सय ३६ शेयर सदस्यहरुलाई उपहार प्रदान गर्दै संस्थाको १२ औं साधारण सभा सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष भरत श्रेष्ठले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन पेश गर्दै शेयरपुँजी १ करोड ९९ लाख ८२ हजार ६ सय रुपैंया र शेयर सदस्य ८ सय ६७ जना रहेको जानकारी दिएको थियो भने संस्थाका सचिव ज्ञानशंकर श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा संस्थाका कोेषाध्यक्ष विष्णुभक्त श्रेष्ठले आ.व.२०८०÷०८१ को आर्थिक प्रतिवेदन र लेखा संयोजक सुजित श्रेष्ठले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेको थियो । थिमि बैंक्वेटमा भएको साधारणसभामा जेष्ठ पुरुष सदस्य र जेष्ठ महिला शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम मध्यपुर थिमि नगरपालिका सहकारी शाखा प्रमुख अभयन्द्र रञ्जितको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष इश्वरमान श्रेष्ठले झरना सहकारीको हालसम्मको आर्थिक एवं सामाजिक गतिविधिको छोटो जानकारी सहित स्वागत मन्तव्य व्यक्त गरेको थियो ।