भक्तपुर । मध्यपुर बचत तथा ऋण सहकारी संस्था लि.को २४ औं साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष महेश्वरमान श्रेष्ठले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन पेश गर्दै शेयरपुँजी १ करोड ९९ लाख ६५ हजार रुपैंया र शेयर सदस्य ७ सय ८४ जना रहेको जानकारी दिएको थियो भने संस्थाका संचालक कान्छा श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा संस्थाका कोेषाध्यक्ष रविन्द्र श्रेष्ठले आ.व.२०८०÷०८१ को आर्थिक प्रतिवेदन र लेखा संयोजक भान्जा काजी बज्राचार्यले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेको थियो । सानोथिमिको टिआईटिआईमा भएको साधारणसभामा जेष्ठ पुरुष सदस्य र जेष्ठ महिला शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । साथै शेयर सदस्यका छोराछोरीहरु मध्ये एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल १ छात्र र १ छात्रालाई मध्यपुर शिक्षा सम्मानबाट सम्मानित गरेको कार्यक्रमको उद्घाटन मध्यपुर थिमि नगरपालिका सहकारी शाखा प्रमुख अभयन्द्र रञ्जितको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.