गेसो र नेपाल जनप्रगतिशील मञ्चद्वारा राहत सामग्री हस्तान्तरण

0



काठमाडौं – यहीं असोज १०, ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी–पहिरो र डुबानबाट पीडित भएकाहरुको सहयोगका लागि गोरखा भूतपूर्व सैनिक संघ (गेसो) र नेपाल जनप्रगतिशील मञ्च, बेलायतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मार्फत राहत सामाग्री हस्तान्तरण गरेको एक विज्ञप्ति जारी गरी जनाइएको छ । गेसोका सभापति, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अन्तर महादेशीय प्रवास प्रदेश समितिका सह–इन्चार्ज कृष्णकुमार राईको हस्ताक्षर रहेको विज्ञप्तिमा वर्षाद्को कारण कैंयौ मानिसहरु घरबारविहीन भएका छन् भने सयौंले आफ्नो अमूल्य जीवन गुमाएका छन् । यसरी प्राकृतिक प्रकोपको कारणले ठुलो जनधनको क्षति हुन गई सयौं मानिसहरु घाइते तथा बेपत्ता भएको यस विपतको घडीमा ज्यान गुमाउने सम्पूर्ण मृतात्माहरुको चिरशान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण र शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भनि गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । 

यस्तै विज्ञप्तिमा भनिएको छ, महान चाड बडा दशैंको सम्मुखमा भएको विपतका कारण अहिले हामी नेपालीहरु पीडामा रहेका छौं । यो समयमा एकले अर्कोलाई सकेको सहयोग गरी लागेको घाउमा मलमपट्टी गर्नु हामी सबैको साझा र मानवीय कर्तव्य भएको उल्लेख गर्दै  नेकपा माओवादी केन्द्रसँग आबद्ध बेलायतमा रहेको ”नेपाल जनप्रगतिशील मञ्च, बेलायत” र गेसोले पीडित परिवारहरुलाई केही राहत मिलोस भन्ने हेतुले रकम संकलन गरी मेरो नाममा नेपाल पठाइएको रकममा थप गरी पार्टी हेडक्वाटरसँग समन्वय गरेर सम्बन्धित परिवारहरुलाई वितरण गर्न अनुरोध गरे अनुसार, मिति २०८१ साल असोज २८ गते सोमबारको दिन पूर्व प्रधानमन्त्री एवं हाम्रो गौरवशाली पार्टी, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को समुपस्थितिमा रु.३ लाख बराबरको दैनिक उपयोग गरिने २५० थान सिरक लगायतका सामग्री  हस्तान्तरण गर्न पाउँदा म र नेपाल जनप्रगतिशील मञ्च, बेलायत गौरवान्वित भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै सो  सामग्रीहरु हस्तान्तरण गर्न गेसोका केही पदाधिकारी, बेलायतका प्रतिनिधिमण्डल लगायतका टोलीले अध्यक्ष प्रचण्डलाई भेटेर राहत सामागी हस्तान्तरण गरेको बताइएको  छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top