भक्तपुर । मध्यपुर थिमिको शंखधरचोकस्थित सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लि.को १५ औं वार्षिक साधारणसभा शनिवार शंखधर ब्यांक्वेट शंखधरचोकमा उक कार्यक्रम गरी सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले पानसमा दिप प्रज्वलन गरी शुभारम्भ गरेको कार्यक्रममा बोल्दै मध्यपुर थिमि नगरपालिकाको आगामी कार्ययोजना नगरवासीको लागि आर्थिक रुपमा सबल बनाउने रहेको र यसको शुभारम्भ यही पुस महिनाको १२, १३ र १४ गते हुने मध्यपुर थिमि महोत्सवबाट हुने बताए । साथै नगरपालिकाले नगरवासीको लागि स्वास्थ्य सेवा सहजताको लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको स्तरोन्नति गर्दै ३०० शय्याको सुविधा सम्पन्न भवन निर्माण कार्य दशे लगतै शुरु हुने जानकारी पनि दिए ।
कार्यक्रममा कार्यक्रममा सफल व्यवसायीको रुपमा गणेशकुमार प्रजापति, चाणक्य स्कुल÷कलेजका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठ र राधेश्याम भट्टराईलाई नगदसहित सम्मान गरिएको छ । साथै येँया पुन्हीको अवसरमा तेस्रो पटक जिब्रो छेडाएका विरेन्द्रभक्त गजु श्रेष्ठलाई पनि सम्मान गरिएको कार्यक्रम सहकारीका अध्यक्ष राजेश श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा भक्तपुर जिल्ला बचत संघका उपाध्यक्ष हरि बल्ल, भक्तपुर जिल्ला सहकारी संघका उपाध्यक्ष विरेन्द्रभक्त प्रधानाङ्ग, बालकुमारी साकोसका अध्यक्ष तुईलाल श्रेष्ठ, राष्ट्रिय सहकारी बैंक थिमि शाखाकी प्रमुख सीता भट्टराई, मध्यपुर थिमि सहकारी शाखा प्रमुख अभयन्द्र रञ्जितलगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेको थियोे ।
संस्थाका उपाध्यक्ष इन्द्रकृष्ण श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा संंस्थाका सचिव सोहन कायस्थले आ.व. २०८०÷०८१ को वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष हिरामान शंखदेवले संस्थाले आ.व.२०८०÷०८१ लेखा प्रतिवेदन प्रस्तुत गरेको थियो । भने लेखा संयोजक तुल्सीभक्त श्रेष्ठले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेको थियो ।