ट्राफिक जाम छ/छैन हेर्न उपयोगी एप्स

0


काठमाडौं । आफ्नो नीजि सवारी साधनबाट उपत्यकाको यात्रा गर्दा सबैभन्दा असहज र तनावपूर्ण अवस्था के होला ? पक्कै पनि ट्राफिक जाममा फस्नु हो । यो कुनै नौलो होइन, उपत्यकाको काठमाडौं र ललितपुरको सहरी क्षेत्रमा त झन जाम समस्याकै रुपमा देखिएको छ ।

यात्राको क्रममा अचानक जाममा फस्दा ट्याक्सीमा मिटर बढ्दै जान्छ, बाइकमा समय बर्बाद हुन्छ, अनि बसको पर्खाइ पत्यार लाग्दो हुन्छ । तर फोनबाटै तपाईँले ट्राफिकको स्थिति थाहा पाएर वैकल्पिक मार्ग रोज्न सक्नुहुन्छ । जाममा फस्नुपर्ने तनावबाट मुक्त हुनका लागि यो नै स्मार्ट तरिका हो ।

गुगल म्याप्स

यो लोकप्रिय एपमध्ये एक हो, गुगल म्याप्स । तपाईं जहाँ जान चाहनुहुन्छ, लोकेसन टाइप गरेर रुट हेर्नुहोस् । यदि जामको समस्या छ भने गुगलले तपाईंलाई रातो रङमा देखाउँछ । हल्का जाम छ भने सुन्तला रङ र कुनै जाम छैन भने हरियो रङमा मार्ग देखाइन्छ । नजिकका सबै रुटहरू, वैकल्पिक बाटो र समयमा पुग्नसक्ने विकल्प सहित लाग्ने समय गुगल म्याप्सले सजिलै देखाउँछ ।

एप्पल म्याप्स

त्यस्तै आईफोन प्रयोगकर्ताहरूका लागि एप्पल म्याप्स । यो एपमा तपाईंको गन्तव्य टाइप गरेर ‘कार’ आइकन ट्याप गर्नुहोस् । त्यसपछि तपाईंले जामबिना यात्रा गर्न मिल्ने बाटो र त्यसमा लाग्ने समय देख्न सक्नुहुन्छ । एप्पल म्याप्सलाई प्रिइन्स्टल गरिएको हुन्छ, तर छैन भने एप्पल स्टोरबाट सजिलै डाउनलोड गर्न सक्नुहुन्छ ।

वाज (Waze)

वाज एप एन्ड्रोइड र आईओएस दुवैमा उपलब्ध छ । नेपालमा तुलनात्मक रूपमा यसका प्रयोगकर्ता कम छन् । तर यसमा पनि ट्राफिक जाम कुनकुन स्थानमा भइरहेको छ भने हेर्न सकिन्छ । यसका लागि सर्चबारमा गई स्थानको नाम टाइप गर्नुहोस् । त्यसपछि त्यहाँसम्म पुग्ने बाटोको अवस्था कस्तो छ भनेर हेर्न सकिन्छ । यो एप एन्ड्रोइडमा डाउनलोड गर्न यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

माथि उल्लिखित सबै एपमा लोकेसन नराखेर पनि कुनकुन स्थानमा सडकको अवस्था कस्तो छ भनेर हेर्न सकिन्छ । साथै कुनै पनि सर्च इन्जिन (गुगल, बार्ड आदि)मा ‘ट्राफिक जाम’ भनेर सर्च गर्न सक्नुहुन्छ । यदि कुनै पनि सडकमा अत्यधिक जाम छ भने स्वतः रातो रंग देखिन्छ । जाम नभएमा हरियो र हल्का जाम भएमा सुन्तला रंग देखिन्छ । यसबाट तपाईलाई गन्तव्य सम्म पुग्न मद्दत मिल्छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top