विनायकद्वारा घिन्ताङ घिसी नाच प्रदर्शन

0



मध्यपुर थिमि । हाम्रो संस्कृति हाम्रो पहिचान, हाम्रो गौरव र हाम्रो चिनारी ः संस्कृतिको सम्मान, हाम्रो अभियान भन्ने नारालाई सार्थक पार्न र शिक्षा, संस्कृति र संस्कारको त्रिवेणीको रुपमा रहेको विनायक शिक्षा निकेतन इङ्गलिस स्कुलले भाद्र ९ गते घिन्ताङ घिसी नृत्य प्रदर्शन कार्यक्रमको आयोजना गरेको थियो । स्थानीय पाठ्यक्रमको उद्देश्य अनुसार विद्यार्थीहरूमा सांस्कृतिक रूपान्तरण तथा चेतना जागृत गर्न र हरेक संस्कृतिहरुलाई समावेशी संस्कृतिका रूपमा संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले जानकारी गराएका छन् । विशेष गरेर सापारु पर्वको सेरोफेरोमा नेवारी समुदायमा अत्यन्तै लोकप्रिय नृत्यका रुपमा प्रदर्शन गर्दै र मनाइँदै आएको परम्परागत संस्कृतिक नृत्य घिन्ताङ घिसी जसलाई लठ्ठी डान्सको रुपमा पनि चिनिन्छ, विद्यार्थीहरुले विद्यालय परिसरबाट नाच्दै बालकुमारी मन्दिर सम्म र पुनः त्यहाँबाट  बाहाखा बजार परिक्रमा गरी  विद्यालय परिसरमै समापन गरिएको थियो । कक्षा ६ देखि १० सम्मका करिब ३०० जना विद्यार्थी र शिक्षक शिक्षिकाहरू सहभागी उक्त नृत्य प्रदर्शन कार्यक्रममा विद्यार्थीहरुले आ–आफ्नो संस्कृति झल्कने सांस्कृतिक पोशाकमा सहभागी भई घिन्ताङ घिसी नृत्य प्रदर्शन कार्यक्रमलाई भव्य रुपमा सफल बनाएका थिए । विनायक इन्टरयाक्ट क्लब र विनायक अतिरिक्त क्रियाकलाप शाखाको संयुक्त आयोजनामा प्रस्तुत गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरूले हरेक जातजातिको संस्कृतिलाई संरक्षण र सम्मान गर्न समावेशी घिन्ताङ घिसी नृत्य प्रदर्शनमा सहभागी भएको बताएका थिए । समापन कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले विद्यार्थीहरुलाई संस्कृतिको चिनारी गराउँदै सांस्कृतिक महत्व झल्काउन र संस्कृतिप्रतिको प्रेमलाई अझ सशक्त बनाउँदै प्रगतिशील सोचको रुपान्तरित शिक्षा प्रदान गर्न यस्ता कार्यक्रमहरु आयोजना गरिएको बताए साथै सांस्कृतिक संरक्षण र प्रवर्द्धनमा विद्यालय स्थापनाकालदेखि नै लागिपरेको कुरा बताउँदैै सबैलाई विशेष धन्यवाद ज्ञापन समेत गरेका थिए ।



Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top