युरो कपबाट रोनाल्डोको सन्यास घोषणा

0

 

युरो कपबाट रोनाल्डोको सन्यास घोषणा

एजेन्सी । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले सन्यासको योजना सार्वजनिक गरेका छन् । रोनाल्डोले आफू अन्तिम पटक युरो कप खेलिरहेको बताएका छन् । त्यसपछि उनले युरोपियन च्याम्पियनसिपमा खेल्ने छैनन् । ३९ वर्षीय रोनाल्डोको नाममा सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान कायाम छ । उनले २११ अन्तर्राष्ट्रिय खेलमा १३० गोल गरेका छन् ।

युरो कप २०२४ जर्मनीमा भईरहेको छ । रोनाल्डोको टोली पोर्चुगलले स्लोभेनियालाई हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ, जहाँ उसले फ्रान्सको सामना गर्नेछ । यो खेलपछि रोनाल्डोले पोर्चुगिज टिभी च्यानल आरटीपीलाई यो उनको अन्तिम युरो कप भएको बताएका छन् । रोनाल्डोले स्लोभेनियाविरुद्धको पेनाल्टी मिस गरेका थिए । यसपछि उनको आँखामा आँसु आयो । साथीहरूले उनलाई हौसला दिए । यस अवसरमा स्टेडियममा उपस्थित रोनाल्डोकी आमाका आँखा पनि रसाएका थिए ।

अर्को पटकको. युरो कप सन् २०२८ मा बेलायत र आयरल्याण्डले आयोजना गर्ने छन् । त्यतिन्जेल रोनाल्डो ४३ वर्षका हुनेछन् । रोनाल्डोको यो छैटौं युरो कप हो । उनले सन् २००३ मा पोर्चुगलका लागि पहिलो खेल खेलेका थिए । रोनाल्डोको नेतृत्वमा पोर्चुगलले २०१६ को युरो कप जितेको थियो ।

स्लोभेनियासँगको खेलपछि रोनाल्डोले भने, ‘म भावुक छैन । फुटबल बाँचेको छु । मैले यस खेलको हरेक पक्षको आनन्द उठाएको छु । म २० वर्षदेखि देशका लागि खेल्दै आएको छु । यो खेलले मलाई, मेरो परिवार र अनगिन्ती फ्यानहरूलाई ठूलो खुशी दिएको छ । यो भन्दा ठूलो प्रेरणा अरु हुन सक्दैन ।

यहाँ एउटा कुरा प्रष्ट गरौं कि रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट भने सन्यास लिएका छैनन् । उनले भर्खरै भनेका छन् कि यो उनको अन्तिम युरो कप हो । रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टिमबाट खेल्ने क्रम भने जारी रहनेछ । उनले पछिल्लो युरो कपको बारेमा मात्रै कुरा गरे । सन् २०२८ मा अर्को युरो कप आयोजना हुँदा रोनाल्डो ४३ वर्षका हुनेछन् र यो उमेरमा अन्तर्राष्ट्रिय फुटबल खेल्ने अपेक्षा गरिएको छैन ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top