विनायकको ३५ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

0


भक्तपुर । शिक्षाबाट संस्कृति अनि संस्कृतिबाट संस्कार निर्माण हुन्छ र सभ्यता निम्त्याउँछ भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै शिक्षा, सभ्यता र संस्कृतिमा जोड दिँदै आएको विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले जेष्ठ २७ गते आइतबार स्थापनाको ३५ औँ वार्षिकोत्सव, पुरस्कार वितरण तथा नव आगन्तुक विद्यार्थीहरूको सम्मानमा स्वागत कार्यक्रमको आयोजना गरेको छ । विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिको सभापतित्व तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशराम लाछीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा विद्यालयका सह प्रिन्सिपल प्रेमप्रसाद निरौलाले शब्दका थुङ्गाले स्वागत गरेको थियो ।

विद्यालयका शैक्षिक संयोजक शैलेन्द्र भट्टराईले सञ्चालन गरेको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य उषा प्रजापति, अभिभावक अतिथि केदार पौडेललगायतका अतिथिहरूले विद्यालयको ३५ओे वार्षिकोत्सव भव्य र सभ्य रुपमा सफल रहोस् भनी शुभकामना व्यक्त गरेको थियो । द लिजेन्ड अफ विनायक तथा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाइएको उक्त कार्यक्रममा कक्षा ७ कि छात्रा एस्टर गुरुङ द लिजेन्ड अफ विनायक बन्न सफल भएकी थिइन् भने विद्यालयभरिबाट छनोट भई उत्कृष्ट पाँचमा पर्न सफल सम्पूर्ण विद्यार्थीहरु पुरस्कृत हुन सफल भएका थिए ।

सो कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल प्रजापतिले विद्यार्थीको सर्वाङ्गिण विकास तथा गुणस्तरीय शिक्षाका लागि विद्यालयले कुनै कसर बाँकी नराखेको एवं एक विद्यार्थी एक सीपको अवधारणा अनुसार प्रगतिशील सोचका  साथ रूपान्तरित शिक्षा प्रदान गरिरहेको जानकारी गराए ।

कार्यक्रममा विद्यार्थीहरूले अतिरिक्त क्रियाकलाप अन्तर्गत जिम्न्यास्टिक कराते शो प्रस्तुत गर्नुका साथै गीत संगीत र नृत्यले सबैलाई मन्त्रमुग्ध बनाएका थिए । कार्यक्रममा शैक्षिक सत्र २०८० मा गरिएका विविध क्रियाकलापहरूमा विजेता विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो भने सम्पूर्ण अभिभावक तथा अतिथिहरूले विनायकले प्रदान गरिरहेको गुणस्तरीय व्यावहारिक र जीवन उपयोगी शिक्षाको प्रशंसा गरेका थिए ।






Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top