विनायकमा मनाइयो विश्व वातावरण दिवस

0



भक्तपुर । विश्व वातावरण दिवसमा विनायक शिक्षा निकेतनले विभिन्न कार्यक्रमहरु गरी मनाएको छ । सो अवसरमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीबीच विभिन्न समुहमा जेठ २२ गते “हाम्रो भूमि, हाम्रो भविष्य“ बिषयमा चित्रकला प्रतियोगिता सम्पन्न गरि प्रथम द्वितीय तृतीय हुने विद्यार्थी भाइबहिनीहरुलाई पुरस्कारसमेत वितरण गरियो । जेठ २३ अर्थात  जुन ५ मा विश्व वातावरण दिवसका अवसरमा कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरु सम्मिलित सांस्कृतिक बाजा गाजा तथा वातावरण संरक्षणका लागि जनचेतना मुलक नारा लेखिएको प्ले कार्ड सहितको र्यालिले नगर परिक्रम गरेका थिए । साथै विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिने उद्देश्यका साथ Learning by doing progressive education को सिद्धान्त अनुसार इको क्लब तथा इन्ट्रायक्ट क्लबको संयुक्त आयोजनामा विद्यालय परिसर र स्थानिय टोलमा सरसफाई कार्यक्रम सम्पन्न गर्दै कलिला विद्यार्थीहरुलाई सामाजिक दायित्व बोध गराउन तथा व्यवहारिक ज्ञान प्रदान गर्न यस्ता कार्यक्रमहरु समय समय गर्दै आइरहेको विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रबिक्रम प्रजापतिले बताए । 

त्यो अत्यन्त राम्रो कार्य भएको र हामी पनि सहभागी हुन पाएकोमा अत्यन्त खुसी लागेको कक्षा ७ मा अध्ययनरत विद्यार्थी निमा तामाङ्ग तथा कक्षा ९ मा अध्ययनरत इन्ट्रायक्ट क्लबका अध्यक्ष नेहा श्रेष्ठले बताए । विश्व वातावरण दिवसको उपनक्ष्यमा आयोजित उक्त कार्यक्रममा बोल्दै इको क्लबका अध्यक्ष निसा हमालले  वातावरण जोगाउन र संरक्षणमा विद्यार्थीहरुको महत्वपूर्ण भूमिका रहेको र समाजलाई सचेत बनाउन हामी बिद्यार्थी नै लाग्नु पर्ने बताए ।




Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top