नगदेशमा वःफेस्टिवल तथा हरित कृषि महोत्सव हुने

0



भक्तपुर । नेवाः समुदायमा मनाइने एक वर्ष भित्र विभिन्न जात्रा पर्वहरु मध्ये  अन्तिम पर्वको रुपमा मनाइने सिथि नखः को शुरु हुनु अगाडि जेठ २६ गते शनिबार मध्यपुर थिमिको वडा नं. ७ नगदेशमा वःफेस्टिवल तथा हरित कृषि महोत्सव हुने भएको छ । मध्यपुर थिमि नगरपालिकाको लागत साझेदारी तथा मध्यपुर पर्यटन विकास समितिको आयोजनामा उक्त महोत्सव हुने भएको हो ।

नेवाः समुदायमा विशिष्टकृत खाना वः (मास, मुगी तथा विभिन्न प्रकारका गेडागुडीलाई भिजाएर सफा गरी बोक्रा निकाले ग्रेण्डर वा सिलौटमा पिसेर इच्छा अनुसारको अण्डा, माछा, मासु राखेर वा सादा रुपमा तावामा खानेतेल तोरीको प्रयोग गरी पकाइने एक खानाको प्रकार हो ।

यो नेवा समुदायको विभिन्न जात्रा पर्व तथा भोज लगायत मानिसको सामाजिक संस्कारहरुमा समेत प्रयोग गरिने सदाबहार खाना वःको स्वाद चखाउने, ग्रिन भेजिटेबल प्रदर्शन र अन्य नेवारी खानाको बारेमा आन्तरिक र बाह्य पर्यटकलाइ विशेष जानकारी दिने र मानव स्वास्थ्यमा समेत लाभदायी परिकार मध्यपुर थिमिको पहिचानका रुपमा समेत गराउने उद्देश्य लिइ महोत्सव गर्न लागेको नगदेशको गणेश मा.वि.को सभा हलमा आयोजित एक पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । 

फेस्टिभलले स्थानीयको आर्थिक उपार्जनमा सहयोग पु¥याउनुका साथै र मध्यपुर थिमिमा रहेको कृषि उपजको बजारीकरणमा सहयोग पुग्नुका साथै यहाँको प्राकृतिक सौन्दयता, आर्कषण मूर्त अमूर्त कला, संस्कृति र सम्पदा कलात्मक मठ मन्दिर, फल्चा, सत्तल, बिहार र नेवाः समुदायको परम्परागत बस्ती र स्मारक क्षेत्रको अध्ययन अवलोकन गराउनुका साथै यहाँको माटोको भाँडो बनाउने सेरामिक्स र अनेकौं हस्तकलालाइ संरक्षण गरी मध्यपुर थिमिलाईलाई पर्यटकीय गन्तब्य बनाउने उद्देश्य राखेको जनाइएको छ । 

यसै महोत्सवबाट स्थानीय बासीले गर्ने सम्मान, सत्कार र संस्कारसमेतको पहिचान नेपाल भित्रिएका विभिन्न देशका पर्यटकहरु तथा आन्तरिक पर्यटकहरुलाई देखाउनको निमित्त महोत्सव गर्न लागिएको उक्त अवसरमा जानकारी गराइएको थियो । 

कार्यक्रम नगरपालिकाको ६ लाख रुपैयाँंको लागत सहभागिता र बांकी दुई लाख समितिको रहने गरी स्वतःस्फुर्त रुपमा सहयोग गर्न चाहने व्यापारिक संघसंस्थाको सहयोगमा जम्मा आठ लाखको बजेट सिमाभित्र रही महोत्सव गर्न लागेको समितिले वितरण गरेको विज्ञप्तीमा जनाएको छ ।

गतवर्ष मध्यपुर थिमि नगरपालिका अन्तर्गत पर्यटन विकास समितिद्वारा निगुपुखुमा पहिलो चरणको वःफेस्टिवल सफलतापूर्वक आयोजना गरिसकेकोमा यो समितिबाट हुन लागेको दोस्रो चरणको कार्यक्रम भएको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिईने आयोजक समितिका अध्यक्ष रमेश प्रजापतिले बताए । सम्मेलनमा आयोजक मध्यपुर पर्यटन विकास समितिका उपाध्यक्ष कविदास श्रेष्ठले पनि पत्रकारहरुको जिज्ञासाको उतर दिएका थिए ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top