विनायकमा धान रोपाई कार्यक्रम

0



भक्तपुर । व्यावहारिक र सीपमूलक शिक्षा ःआजको आवश्यकता भन्ने कुरालाई सार्थक पार्न प्रगतिशील शिक्षा प्रदान गर्दै आएको विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले धान रोपाई दिवसको अवसर पारेर असार १६ गते धान रोपाई कार्यक्रमको आयोजना गरेको छ । विद्यालयको पूर्व प्राथमिक तहका शिक्षिकाहरूको संयोजनमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरुले विद्यालय परिसर भित्रै रमाई रमाई धान रोपेका थिए । 

धान रोपाईसँग सम्बन्धित ज्ञान र सीप प्रयोगात्मक रुपमा विद्यार्थीहरुलाई सिकाउनु, धान रोपाईका विधि र तरिकाहरु विद्यार्थीहरुलाई प्रत्यक्ष सहभागी गराई ज्ञान प्रवाह गर्नु, कृषि प्रधान  देशका कृषकहरुको दैनिक गतिविधिहरु विद्यार्थीहरुलाई जानकारी गराउनु विद्यालयको उद्देश्य रहेको विद्यालयकी पूर्व प्रावि इन्चार्ज शोभा प्रजापतिले जानकारी दिए । अभिभावकहरूको प्रत्यक्ष उपस्थितिमा आयोजना भएको उक्त कार्यक्रममा आफ्ना नानीहरूको ज्ञान फराकिलो बनाउनका साथै प्रविधियुक्त शिक्षालाई प्रयोगात्मक रुपमा विद्यालयले दिएकोमा विद्यालय परिवारलाई धन्यवाद ज्ञापन समेत गरेको थियो ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top