प्लस टु विशेष : किन पढ्ने विनायक शिक्षा निकेतनमा ?

0



भक्तपुर । जिल्लाकै अग्रणी विद्यालय, विनायक शिक्षा निकेतन ईङ्गलिस सेकेण्डरी स्कूल, मध्यपुर थिमिमा सर्वसाधारणका छोराछोरीहरुलाई न्यून शुल्कमा संस्कार युक्त गुणस्तरीय शिक्षा प्रदान गर्न वि.सं २०४५ सालमा स्थापना भएको हो । विद्यालयले विगत बर्षहरुमा शैक्षिक उपलब्धीको रुपमा एस.एल.सी २०६४ सालमा नेपाल प्रथम स्थान हासिल गर्न सफल भएको थियो । धेरै पटक जिल्ला र नगरमा एसएलसी र एसइईमा सर्वोकृष्ट नतिजा हासिल गरिसकेको गौरबमय ईतिहास छ । विनायक शिक्षा निकेतन स्कूल शैक्षिक क्षेत्रमा मात्र नभई विविध अत्तिरिक्त क्रियाकलापहरुमा समेत अब्वल विद्यालयको रुपमा चिनिन्छ । विशेषगरी संगीत, नृत्य र साँस्कृतिक क्षेत्रमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा समेत विद्यार्थीहरुले सहभागी भई धेरै पुरस्कारहरु जित्न पनि विद्यालय सफल भएको छ । आफ्ना विद्यार्थीहरुलाई पढाईको अलावा विभिन्न अन्तरराष्ट्रिय शैक्षिक तथा सामुदायिक विकास तालिममा गएका विद्यार्थीहरुलाई भुटान, बंगलादेश, श्रीलंका, भारत, चीन, जापान, फ्रान्स र अमेरिकासम्म सहभागी गराई अन्तरराष्ट्रिय जगतमा समेत ख्याती कमाई सकेका छन् । यस विद्यालयमा चिनियाँ, अष्ट्रेलिया, अमेरिका, क्यानाडा र  अन्य यूरोपियन राष्ट्रहरुबाट समेत स्वयम् सेवक शिक्षकहरुको आगमन नियमित रुपमा हुने गरिएको छ ।

शैक्षिक सत्र २०७५ देखि कक्षा ११ र १२ मा व्यवस्थापन, मानविकी, कानून र फाइन आर्ट  विषयहरुको पठन–पाठन शुरु भएको छ भन्ने हालसम्म कक्षा ११÷१२ मा पनि शत प्रतिशत परीक्षाफल हासिल गर्न सफल भएको छ । यस विद्यालयमा व्यवस्थापन, मानविकी र कानुन सुचारु रुपले पठन–पाठन भइरहेको छ । 

विद्यालयको मुख्य विशेषताहरु 

  • दक्ष र योग्य शिक्षकको व्यवस्था
  • Banking Training तथा Job अवसर प्रदान गरिने
  • संचार तथा पत्रकारिता ट्रेनिङ्गको व्यवस्था 
  • विद्यालयको ३३ औं वार्षिकोत्सवको अवसरमा पहिलो भर्ना बुक गर्ने ३३ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई आंशिक तथा १०० प्रतिशत सम्म छात्रवृतिको व्यवस्था ।
  • भर्ना फाराम Online मार्फत पनि भर्न सकिने । 

अन्य जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नु होला ।

        फोन नंम्बर : ६६३२५६८, ६६३८०३३

                            ९८४१५१४६७१, ९८४१२७७८२०


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top