नेपाल पत्रकार महासंघको निर्वाचन अन्य‍ोलमा !

0



काठमाडौं । नेपालका  व्यवसायिक, श्रमजीवी पत्रकारहरुको साझा छाता संगठनको रुपमा रहेको नेपाल पत्रकार महासंघको २७ औं केन्द्रीय महाधिवेशन अन्य‍ोलपूर्ण  बनेको छ । महासंघको पूर्व निर्धारित  कार्यक्रम अनुसार गत जेठ २६ गते नै महाधिवेशन सम्पन्न हुने कार्यतालिका सदस्यता शुद्धीकरण, सदस्यता नवीकरण र सदस्यता वितरणको  नाममा स्थगन गर्दै पुनः महासंघले यहीँ असार २२ गते सम्पन्न हुने समय तालिका सार्वजनिक गरेको छ । यहीँ  सवाललाई लिएर विभिन्न सञ्चारकर्मी आबद्ध संघसंस्थाले  विरोध स्वरुप आपति जनाउँदै महाधिवेशन हुन नसक्ने भन्दै ठाउँ ठाउँमा तालाबन्दीसमेत गरिरहेका छन ।

यहीँ असार सात गते महासंघको महाधिवेशन निर्वाचन समितिले निर्वाचन मिति सार्वजनिक गर्न साथ ती राजनीतिक दल समर्थक पत्रकार संस्था समाजवादी प्रेस संगठन, प्रेस युनियन, अनलाइन  पत्रकार संघ र महासंघको मधेश प्रदेशका आठ वटै जिल्ला शाखाको अध्यक्षहरूले सामूहिक र छुट्टाछुट्टै रुपमा हस्ताक्षर गर्दै प्रतिकुल समयमा चुनाव हुन नसक्ने भन्दै महासंघको अध्यक्ष विपुल पोखरेलसमेतको आलोचना गर्दै महसंघ दलदलमा फसेकाले इतिहासमा नै अध्यक्ष पोखरेल नेतृत्वको कार्यसमिति असफल सावित भएको उल्लेख गरेका छन् । यसै विषयलाई लिएर काभ्रे शाखा कार्यालयमा अस्ति तालाबन्दी भएको छ भने, काठमाडौं शाखामा अझै ताला खुलेको छैन । यसले महाधिवेशन निर्वाचन समितिले पुनः सार्वजनिक गरेको समय तालिका भित्रै निर्वाचन सम्पन्न हुने कुरामा आशंका उत्पन्न गराएको छ ।

हेक्कारहोस, राजनीतिक दलमा आबद्ध प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर र समाजवादी प्रेस संगठन जस्ताले पेशागत हक हित र अधिकारका लागि स्वायत्तता र स्वतन्त्र हुन नसकेकोमा आमव्यवसायिक, श्रमजीवी सञ्चारकर्मीहरु  चिन्तित भएका छन् । सामान्यतस् पेशागत रुपमा सञ्चारकर्मी स्वतन्त्र रहनु पर्ने मूल्यमान्यता रहँदै आएपनि त्यसो हुन सकेको छैन । फलतः प्रेस सेन्टरका संयोजक तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले बालुवाटारमा रहेरै नेपाल पत्रकार महासंघको भावि अध्यक्षको उम्मेदवार बालकोट दरबारलाई बुझाएर आत्मसमर्पण गरेको नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा मिडिया फेक्सन सहइन्चार्ज महेश्वर दाहालले सार्वजनिक रूपमै बताइसकेका छन् ।

यस्तै नेकपा एमाले निकट प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत र निर्मला शर्मा बिच कसलाई अध्यक्षको उम्मेदवार बनाउने भन्ने विषयमा पनि विवाद चुलिए पछि महिला हुनका नाताले शर्मालाई नै उम्मेदवार बनाउनु पर्ने अडानमा बहुसंख्यक चौतारीका नेताहरु लागि परेको प्रेस चौतारी स्रोतले सुम्निमालाई जानकारी दिएको छ । यसैगरी प्रेस युनियनका अध्यक्ष शिव लम्साल पक्ष र  महासंघका अध्यक्ष विपुल पोखरेल बिच पनि उम्मेदवारी कै सवालमा मनमुटाव बढेको बताइन्छ । यस कारण पनि प्रेस युनियनले निर्वाचनको मिति सार्न दबाब स्वरुप पटकपटक प्रेस विज्ञप्ति जारी गर्दै आएको छ ।

यसैगरी समाजवादी प्रेस संगठनले पनि गैर पत्रकारलाई सदस्यता वितरण गरेको भन्दै निर्वाचन सम्पन्न हुन नसक्ने भनि चेतावनी सहित प्रेस विज्ञप्ति प्रकाशित गरिसकेको छ । नेपाल पत्रकार महसंघको उक्त प्रकारका गतिविधिले निर्धारित समयमा निर्वाचन हुन नसक्ने आशंका भइरहंदा तिनै दलीय पत्रकार संस्थाका आन्तरिक कलह र द्वन्द्वले निकास पाउन नसकेको खण्डमा निर्वाचन भइहाले पत्रकारहरुको दलीय भागबन्डाले हावा खान सक्ने माहोल भित्रभित्रै तयार भइरहेको बुझिएको छ । जस अनुसार प्रेस सेन्टर, प्रेस युनियन र प्रेस चौतारीसमेतका विद्रोहीहरुले स्वतन्त्र पत्रकार संगठन नेपालको अध्यक्ष तथा क्राइम टुडेका सम्पादक एलएस लामालाई अध्यक्षमा उम्मेदवार बनाई अन्य पद आपसी सहमतिमा  बाँडफाँड गरिने सम्भावना  रहेको स्रोतहरुले बताएका छन् । यसका लागि लामालाई स्वतन्त्र व्यवसायिक,  श्रमजीवी , आदिवासी जनजाति, मधेशी पत्रकारहरुलेसमेत साथसहयोग दिन सक्ने सम्भावना प्रवल देखिएको छ । 

सदैव दलीय भागबन्डामा निर्वाचित हुने महसंघको कार्यसमितिको स्वरुप परिवर्तन गरिनुपर्ने आवाज विगत देखि नै उठ्दै आएको छ । यसैलाई मध्यनजर राख्दै श्रमजीवी, पेशेवार, स्वतन्त्रसहित विद्रोही दलीय पत्रकारहरुक‍ो एक हिस्सा पत्रकार महासंघ भित्रको सिण्डिकेट, गैर पत्रकार भित्र्याउने बेथिति, विसंगतिको पर्दाफास गर्नु पनि दल भन्दा टाढाका स्वतन्त्र, श्रमजीवी पत्रकारले महासंघको नेतृत्व लिनु पर्ने धेरैको धारणा रहेको बताइएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top