विनायकमा वः महोत्सव

0

विनायकमा वः महोत्सव


भक्तपुर । गुणस्तरीय शिक्षा आजको आवश्यकता ः सांस्कृतिक संरक्षण विनायकको विशेषतालाई आत्मसात गर्दै विद्यार्थीहरूको सर्वाङ्गिण विकासमा पूर्वीय चिन्तन र पश्चिमी ज्ञान विद्यार्थी माझ पुर्याउन सफल विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले असार ७ गते वः महोत्सव सम्पन्न गरेको छ । स्थानीय पाठ्यक्रममा रहेको सामाजिक जनजीवनको आधारभूत ज्ञान दिन स्कुल इन्टरप्राइजेज च्यालेन्ज SECCA कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई इन्टरप्रेनर÷ उद्यमशील बनाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरू सहभागी थिए । 

विद्यालयले स्थानीय पाठ्यक्रमको उद्देश्य अनुसार नेवारी संस्कृति र परम्परा अनुसार सिथि नखःका दिन बनाइने स्वस्थवर्धक खानाको परिकार वः विद्यालय परिसरमै आफैँले बनाएर प्रयोगात्मक ज्ञान प्राप्त गर्न र त्यसलाई व्यावसायिक रुपमा प्रयोग गरेर कसरी आत्मनिर्भर बन्न सकिन्छ भन्ने व्यावहारिक ज्ञान दिन महोत्सवको आयोजना गरिएको विद्यालयका सह प्रिन्सिपल प्रेमप्रसाद निरौलाले जानकारी दिए ।

सांस्कृतिक आदानप्रदानका क्रममा ताइवान युनिभर्सिटीबाट आएका विद्यार्थीहरुले यस्ता प्रयोगात्मक तथा व्यावहारिक ज्ञानले विद्यार्थीहरुमा सकारात्मक प्रभाव पर्ने र भविष्यमा यसैलाई व्यवसाय बनाएर उद्यमशील नागरिक तयार गर्न विद्यालयले खेलेको भूमिकाको प्रशंसा समेत गरेका थिए ।

कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले शिक्षालाई व्यवहारमा उतार्न र प्रयोगका आधारमा ज्ञान दिइ दक्ष स्वावलम्बी र आत्मनिर्भर नागरिक बनाउन विद्यालय स्थापनाकालदेखि नै लागिपरेको तथा रूपान्तरित शिक्षा आजको आवश्यकता भएकोले सो कार्यमा जोड दिन विद्यार्थीहरूलाई व्यावहारिक क्रियाकलापमा सहभागी गराउँदै आएको कुरा बताए । 


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top