दुःख पीडा र समस्या नै सफलताको साँचो

0


भक्तपुर । भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघको १७औं स्थापना दिवसको उपलक्ष्यमा सकारात्मक सोच अभियानकर्ता कर्ण शाक्यको “विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा अभिभावकहरूको भूमिका” विषयक प्रवचन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । चाँगुनारायण नगरपालिकाको वडा नं ५, छालिङ्मा अवस्थित गणेश माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि लेखक तथा पर्यावरणविद् एवं होटल उद्यमी कर्ण शाक्यले सकारात्मक सोच राख्ने सम्बन्धमा प्रवचन एवं मार्ग निर्देशन दिएका थिए । 

सुविधाभोगी मानिस अल्छी हुने र कहिले सफल नहुने भएकोले दुःख पीडा र समस्या नै सफलताको साँचो भएको, आफ्नो जीवनका घटनाक्रम नै उदाहरण हुन् । त्यसकै परिणाम सोच पुस्तक हो जुन अत्याधिक रुचाइएको एउटा कृति भएको कुरा घटनाक्रमबाट पुष्टि भएको बताउँदै उनले दुःख बुझे लक्ष्य प्राप्त हुने र लक्ष्य बने सफलता हात लाग्छ । सफल मान्छे सामान्य हुने र सबैभन्दा पहिला आफूलाई चिन्ने र अगाडि बढे जीवनमा सफलता मिल्ने धारणा राखेका थिए ।

डा. सन्दुक रुइत, डा.भगवान कोइराला, डा उपेन्द्र देवकोटा जस्ता व्यक्तित्व जसले दुर्गम पहाडी गाउँमा जन्मेर विदेशमा अध्ययन गरी स्वदेशकै सेवामा लागे यो नैतिकता देश प्रेम र सामाजिक विकासको कदम हो । अरुलाई सुझाव दिन सक्ने, अरुको दोष केलाउन सक्ने, जिम्मेवार बोध गराउन सक्ने तर आफ्नो काम थाहा नपाउने प्रवृत्तिले समाज र देश पछाडि परेको उदाहरण दिदै नेपाल जैविक विविधताको धनी देश, स्रोत साधनले सम्पन्न भएर पनि गलत संस्कार र निम्न कोटीको सोचको कारण भएको शाक्यले बताए ।

उनले विद्यार्थी भाइबहिनीलाई कर्म धर्म हो । सम्मान गर्नुपर्छ उद्यमी व्यवसायी बन्न र कुनै सफलता प्राप्त गर्न सफलताको सिँढी पार गर्दै जानुपर्ने भएकोले आफ्नो आर्थिक अवस्था हेरेर चिन्ता नलिन र मन ठूलो बनाउनु पर्ने बताए । साथै उनले हरेक मानिसले डर, घमण्ड र स्वार्थ त्याग्नुपर्छ, सकारात्मक सोच राख्नुपर्छ, विदेशमा गएर नोकर बन्ने होइन स्वदेशमै मालिक बन्ने सोच राख्नुपर्ने कुरामा जोड दिए ।

उनले अभिभावकहरूलाई सकारात्मक सोच राख्नुपर्ने औल्याउँदै आफू आफ्नो आमाको कारण सफल भएको बताउँदै बुबाको धनबाट उद्यम गरिएमा सफल होला तर आमाको ममता विना असल हुन नसक्ने क्राको आफू ज्वलन्त उदाहरण भएको बताए ।

उनले त्यसकै परिणाम आज राष्ट्रिय स्तरको व्यक्तित्व बन्न सफल रहेको सुनाए । । उनले आफ्ना सन्तानलाई असल संस्कार दिएर हुर्काउनुपर्ने र आफ्ना सन्तानलाई गृहकाय गर्न दबाब दिने तथा भविष्यमा डकर्मी भरिया हली बन्ने ? भन्ने जस्ता शब्द प्रयोग गरी विभेद नगर्न र श्रमको सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे । उनले भने, “पैतृक सम्पत्तिको आडमा हुर्के बढेर इज्जतमा रहनेको अंश सम्बन्धी कलह हुने र पारिवारिक वातावरण बिग्रिनेछ । त्यसकारण स्वावलम्बी बन्न प्रेरणा दिनुहोस्, कर्तव्यबोध गराउनुहोस् ।”

विद्यालयका प्रधानाध्यापक इन्द्र फोजु, संघका अध्यक्ष राम प्रसाद खर्बुजा, उपाध्यक्ष चन्द श्रेष्ठ, कोषाध्यक्ष बुद्धिकुमार मुस्याख्वा, पूर्व अध्यक्षहरु दिनेश चुल्याद्यो, श्यामप्रसाद मानन्धर, निवर्तमान अध्यक्ष गंगाराम मानन्धर, सकारात्मक सोच अभियान संयोजक प्रबिन शाक्य, किर्तिपुर उद्योग बाणिज्य संघकी अध्यक्ष राज्यलक्ष्मी शाक्य, कार्यक्रम संयोजक, अल्बर्ट बज्राचार्य लगायतका उपस्थिति रहेको थियो । अन्तमा विद्यालयका प्रधानाध्यापक फोजूले कर्ण शाक्यलाई विद्यालयको तर्फबाट मायाको चिनो र विद्यालयको स्मारिका प्रदान गरेको कुरा भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघका महासचिव कार्यक्रम संयोजक बज्राचार्यले जानकारी दिए ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top