भक्तपुर अडानद्वारा शुभकामना कार्यक्रम सम्पन्न

0



भक्तपुर । नेपाल अडिटर्स एशोसियशन भक्तपुर जिल्ला समितिको आयोजनामा आइतबार शंखधर पार्टी प्यालेसमा नयाँवर्ष २०८१ के शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा प्रमुख अतिथि तथा केन्द्रिय अध्यक्ष केदारनाथ पौडेलले शुभकामना मन्तव्य दिदैं भक्तपुरद्वारा गरिएको यो कार्यक्रम निकै अर्थपूर्ण रहेको अनुभूति व्यक्त गरे । उनले आइक्यानको पार्षदको सदस्यको लागि हुने आगामी निर्वाचनमा अडानद्वारा प्रस्तावित उम्मेदवारहरुलाई मत दिई एकतावद्ध भएको सन्देश प्रवाह गर्न सबैसँग आग्रह गरे ।

भक्तपुर जिल्ला समितिका कार्यबहाक अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठको सभापतित्वमा संचालित उक्त कार्यक्रममा केन्द्रिय प्रथम उपाध्यक्ष डोल प्रसाद दाहाल, उपाध्यक्ष प्रदिप कुमार यादव, उपाध्यक्ष मिरा श्रेष्ठ, महासचिव प्रेम बहाुदुर श्रेष्ठ, उपमहासचिव हरिबहादुर कार्कीलगायतले शुभकामना मन्तव्य दिदैं आइक्यानको निर्वाचनमा अडानका उम्मेदवारलाई अत्याधिक मतले विजयी गराउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा अडान जर्नल २०८० र क्यालेण्डर २०८१ पनि सार्वजनिक गरिएको थियो , कार्यक्रममा उपत्यका प्रदेश कार्यसमितिका अध्यक्ष टिकाराम पौडेल, काठमाडौं र ललितपुरका अध्यक्षहरु क्रमशः पूर्ण बहाद्र चन्द र विश्वदेव श्रेष्ठले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सहजीकरण जिल्ला सचिव ज्योतिराम पाण्डेले गरेका थिए ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top