विनायकमा अभिभावक केन्द्रित कार्यशाला गोष्ठी

0

मध्यपुर थिमि । “रूपान्तरित शिक्षा,आजको आवश्यकता ः विद्यार्थीको सर्वाङ्गिण विकास, विनायकको प्राथमिकता” भन्ने मुलनारालाई आत्मसात गर्दै प्रगतिशील सोचको आधारमा रूपान्तरित शिक्षा प्रदान गर्दै आइरहेको विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले २०८१ ज्येष्ठ १० बुद्ध जयन्तीको अवसर पारेर एलकेजीमा अध्ययनरत विद्यार्थीका अभिभावकहरूका लागि कार्यशाला गोष्ठीको आयोजना गरेको छ । विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिको अध्यक्षतामा तथा पूर्व प्रावि तहमा अध्यापनरत शिक्षिकाहरुको संयोजनमा आयोजित उक्त कार्यक्रममा विद्यालयका सह प्रिन्सिपल प्रेमप्रसाद निरौला, शैक्षिक संयोजक शैलेन्द्र भट्टराई, पूर्व प्रावि निर्देशक शोभा प्रजापति, कम्प्युटर इन्चार्ज राजेन्द्र नकर्मी एवं लेखापाल रामचन्द्र प्रजापतिले आ–आफ्नो धारणा राखेको थियो । 

उक्त कार्यशाला गोष्ठीले अभिभावक सचेतना, समूह कार्य, प्रयोगात्मक शिक्षण क्रियाकलाप अभ्यास, प्रविधिमैत्री वातावरण निर्माणमा अभिभावकको भूमिका विषयमा छलफल एवं अभिभावकहरुलाई आफ्ना नानीबाबुहरूको पठनपाठनमा कसरी सहभागी गराइँने भन्ने कुराको जानकारी गराइएको थियो । कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल प्रजापतिले युगको चाहना अनुसारको स्तरीय वैज्ञानिक एवं प्रगतिशील सोचको रुपान्तरित शिक्षाका विद्यालय, अभिभावक र शिक्षक शिक्षिका सचेत एवं जागरुक भएर लागि पर्न सके सर्वाङ्गीण विकासयुक्त विद्यार्थी तयार गर्न सकिने धारणा व्यक्त गरे । साथै कार्यक्रममा सहभागि अभिभावकहरुले विद्यालयका गतिविधिहरूको प्रशंसा गर्दै यस्ता उत्कृष्ट क्रियाकलापहरुका लागि अभिभावकको सदैव सहयोग रहने प्रतिवद्धता जनाएको थियो ।



Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top