एमएसआर सहकारीका अध्यक्ष र ब्यवस्थापक ११ करोड झ्वाम्म पार्ने दाउमा

0



काठमाडौं । ललितपुरको ढोलाहिटीमा केन्द्रिय कार्यालय राखी जिल्लाका विभिन्न स्थानहरुमा शाखा कार्यालय मार्फत लघुवित्त कार्यक्रम संचालन गर्दै आएको एमएसआर बहुउद्देश्यीय सहकारी संस्थामा १ बर्षदेखि सदस्यको बचत फिर्ता गर्न नसकेको अवस्था छ ।

ललितपुरकै सातदोबाटो, चापागाउँ, लुभु, संख्खु, गोटीखेललगायतमा सेवा केन्दहरुमार्फत कारोबार गर्दै आएको सो सहकारीको केन्द्रिय कार्यालय ढोलाहिटीमा दिनहुँ बचत फिर्ताको लागि सदस्यहरु धाउँदै आएपनि ब्यवस्थापनले आश्वासन दिँदै फिर्ता पठाउने गरेको सदस्यहरुको गुनासो छ । संस्थाबाट केही समय अघिदेखि लगानी पनि नगर्ने र बचत फिर्ता पनि नगर्ने गर्दा सदस्यहरु दोहोरो मारमा परिरहेका छन् ।

सर्वसाधारणको ११ करोड बचत रहेको बुझिएको सो सहकारीको अध्यक्षमा स्वयम्भुराम जोशी रहेका छन् । जोशी लामो समय वित्तिय क्षेत्रमा अनुभव भएको बुभ्mनमा आएको छ । कुनै समय सामुदायिक लघुवित्त वित्तिय संस्था काभ्रेमा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरि बैंकिङ कसुरमा राष्ट बैंकले कारवाहीसमेत गरेका हो ।

बैकिङ कसुरको मुद्धा हालसम्म पनि चलिरहेको छ भने सो मुद्धा भएको ब्यक्ति सो सहकारीमा अध्यक्ष कसरी भए गहन विषय छ । आफु अध्यक्ष र श्रीमती शुभलाभ जोशी प्रमुख कार्यकारी अधिकृत भएर संचालन गरेको सहकारी डुब्ने अवस्थामा पुगे पश्चात श्रीमतीलाई अलग गरेको समेत बुझन सकिन्छ । हाल उनी संस्थाको सल्लाकारको जिम्मेवारीमा रहेको स्रोतले बताए । सामुदायिक लघुवित्तमा आफु काम गर्दा नायव प्रमुख कार्यकारीको जिम्मेवारीमा आफनी कान्छी श्रीमती भेलुमाया मगरलाई राखेका थिए ।

बहुविवाह गरेका जोशी उक्त लघुवित्त संस्थामा ब्यक्तिगत र उनीहरुकै कम्पनीहरुको नाममा एक तिहाइ भन्दा बढी शेयर रहेको पाइन्छ । यसरी सबैतिर नियम विपरीत आफनो हैकम जमाउने ब्यक्तिलाई राज्यबाट के कार्वाही हुनुपर्ने हो गम्भिर प्रश्न खडा भएको छ ।

उक्त सहकारी संस्थाका कर्मचारीहरु कार्यालयमा लामो समयदेखि नभेटिएको र अध्यक्षलाई भेट्दा समेत कुनै ब्यवहारिक एवं चित्तबुझदो जवाफ नपाउँदा सदस्यहरु सहकारी विभाग धाउन थालेका छन् । यता अध्यक्ष र ब्यवस्थापक मिलेर कतै यो करोडौ करोड सदस्यको पैसा झ्वाम्म पार्न खोजेका त हैनन् ? उक्त सहकारीको अध्यक्ष र उनकी श्रीमती अध्यक्ष भएका संस्थाहरुमा करोडौ लेनदेन देखाउदै र रकम मिलाउँदै गरेको बार्षिक प्रतिवेदनहरुमा पनि उल्लेख छ । यसको छानविन प्रशासनले कहिले गर्ने ?

सामुदायिक लघुवित्त वित्तिय संस्थामा निजहरुको ब्यक्तिगत तथा निजहरुकै स्वामित्व रहेको कम्पनीको नाममा नियम भन्दा बढी शेयर लगानी रहेको छ । विगतमा एसएमआर बहुउद्देश्शीय संस्थामा निजको जेठी श्रीमती शुभलक्ष्मी जोशी प्रमुख कार्यकारी अधिकृत र आफु अध्यक्ष भएर करोडौ रकम घोटाला गरेको सो्रतले बताएका छन् । सञ्चालक समितिलाई गुमराहमा राख्ने र व्यवस्थापनलाइ प्रयोग गरी निजले आफु र आफनो श्रीमती अध्यक्ष भएको संस्थाहरमा सहकारीबाट रकम सार्ने, तलब तथा सेवा सुविधाको नाममा मोटो रकम लिने गरेको देखिन्छ । अध्यक्ष जस्तो ब्यक्तिले नै सहकारीको रकम यसरी आफुखुशी गर्दा संस्था डुबेको अवस्था छ ।

मौजुदा सञ्चालकहरुले आर्थिक अनियमितामा संलग्न अध्यक्षलाई यसरी बोकेर हिँडिरहने हो भने उनीहरु फस्ने कुरामा दुईमत देखिदैन । ४ हजार बचतकर्ताको ११ करोड बचत फिर्ता कहिले हुन्छ ?

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top