माँ दिवसमा माँहरु सम्मानित

0


भक्तपुर । थिमिको शंखधर चोकमा रहेको आफ्नै भवनबाट सदस्यहरुबीच वितीय कारोवार गर्दै आएको सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना जेष्ठ महिला सदस्यहरुलाई मातातिर्थ औंसीको अवसर पारेर नेवारी परम्परा अनुसार बुधवार आफ्नै भवनको सभाहलमा सगुन सहित पोषण वितरण गर्दै सम्मान गरेको छ ।

संस्थाका अध्यक्ष राजेश श्रेष्ठका अनुसार सामाजिक दायित्व अन्तर्गत जेष्ठ नागरिकहरु समाजका प्रेरक व्यक्तित्व हुनुका साथै सामाजिक परिवेशमा विगत देखि बर्तमानसम्मका जीवित इतिहास भएको र आमा स्वयं पनि हरेक व्यक्तिको पहिलो शिक्षक र गुरु भएको कारण हामीले जेष्ठ नागरिकको सम्मान र आदर गर्नु साझा दायित्व भएको विचार व्यक्त गरे ।

उक्त कार्यक्रमको उद्घाटन गर्दै भक्तपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जेष्ठ नागरिकको सम्मान र आदर गर्नु हरेक नागरिकको दायित्व भएको बिचार व्यक्त गर्दै संस्थाले जेष्ठ नागरिक प्रति देखाएको उच्च सम्मानको प्रशंसा गरेका थिए । कार्यक्रमको सहजिकरण संस्थाका सचिव सोहन कायस्थले गरेको थियो ।


त्यस्तै सोही दिन थिमिको बहाखाबजारमा रहेको उपकार बचत तथा ऋण सहकारी संस्था लि.ले पनि संस्थाका जेष्ठ महिला सदस्यहरुलाई नेवारी परम्परा अनुसार सगुन र उपहार दिएर सम्मान गरेको हो । शुभश्री बैंक्वेटमा आयोजित कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष कृष्ण बहादुर घजु र वर्तमान अध्यक्ष जयकृष्ण दुवालले संस्थाको तर्फबाट छातासहित टिका र सगुन दिएर सम्मान गरेको हो ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top