नुवाकोटमा जोशी समाजको तदर्थ समिति गठन

0



काठमाडौं । नेवा समुदायका जोशीजनहरुको साझा र राष्ट्रिय संगठन जोशी समाजको विभिन्न जिल्लाहरुमा शाखा विस्तार गर्ने योजनाअनुरूप गत शनिवार त्रिशुलीमा सम्पन्न एक भेलाले नुवाकोट जिल्ला तदर्थ समिति गठन गरेको छ ।

केन्द्रीय उपाध्यक्ष सनत कुुमार जोशीको प्रमुख आतिथ्यता र इन्द्रमान जोशीको सभापतित्वमा सम्पन्न भएको भेलाले नुवाकोट जिल्ला तदर्थ  समिति गठन गर्ने सर्वसम्मत निर्णय गरेको छ । भेलालाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष जोशीले समाजको औचित्य र महत्वबारेमा चर्चा गर्नुभयो । कार्यक्रममा केन्द्रीय सचिव रेमन जोशी, केन्द्रीय सदस्य सुरेन्द्र कुमार जोशी, भक्तपुर जोशी समाजका निवर्तमान अध्यक्ष निरोज जोशी र आजीवन सदस्य तथा स्टार एक्स्प्रेस साप्ताहिकका सम्पादक प्रवीण जोशीले शुभकापना मत्तव्य व्यक्त गर्नु भएको थियो ।

सभाले समाजसेवी ईन्द्रमान जोशीको संयोजकत्वमा आगामी साधारण सभा गर्ने, आजीवन सदस्य बनाउने र संगठन विस्तार गर्ने जिम्मेवारीसहित एक तदर्थ समिति गठन गरेको छ । समितिको सहसंयोजक सुुचित जोशी, सचिवमा नवीन जोशी, कोषाध्यक्षमा नरेन्द्र बहादुर जोशी “सुमन” र सदस्यहरुमा क्रमशः रामप्रसाद जोशी, अशोकलाल जोशी, सुरेश जोशी र अनुज जोशीसहित ११ जनाको तदर्थ समिति बनेको छ । बाँकी सदस्यहरु आगामी भेलामा पूर्ति गरिने कुरा सहसंयोजक सुचित जोशीले जानकारी दिनु भएको छ ।

उक्त कार्यक्रममा  बर्ष १६ अंक ६० बैशाख १ गते  नव वर्ष  २०८१ को उपलक्ष्यमा प्रकाशित ज्योतिष बुलेटिनको विमोचन पनि गरिएको थियो ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top