केन्द्रिय मानन्धर संघको संस्कृति संरक्षण अभियान

0


काठमाडौं । केन्द्रिय मानन्धर संघले शनिबार हेटौंडामा साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ । काठमाडौं महानगरपालिकाको लागत साझेदारी, संघको युवा र सञ्चार उपसमितिको संयोजन तथा हेटौंडाका मानन्धर गुठीहरुसँगको सहकार्यमा कार्यक्रम गरिएको हो ।

बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठको प्रमुख आतिथ्यता तथा केन्द्रिय मानन्धर संघका अध्यक्ष मनोजकुमार मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले जाति, भाषा र संस्कृति प्रदेशसँगै देशकै सम्पत्ति भएकाले संरक्षण र प्रबर्द्धनमा सबैपक्ष गम्भीर बन्न आवश्यक रहेको बताए । नेपाल भाषा, नेवार संस्कृतिसँगै नेपाल सम्बत महत्वपूर्ण रहेकाले दैनिक प्रयोगमा ल्याउनुपर्नेमा उनले जोड दिए ।

“नेपाल सम्बतलाई सरकारी कामकाजमा प्रयोगमा ल्याईनु खुशीको कुरा भएको बताउँदै राष्ट्रिय विभुति शंखधर साख्वाले चलाएको नेपालको मौलिक सम्बत् भएकाले पूर्ण कार्यान्वयन ल्याउनु जरुरी रहेको बताए ।

बागमती प्रदेशका सांसद एकालाल श्रेष्ठले प्रदेशमा नेवार र तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाई सकेकोले नेपाल भाषा, संस्कृति जगेर्ना गर्न सरकार, नेवार समुदाय र संघसंस्थाहरु एकजुट भएर काम गर्नुपर्नेमा जोड दिए । प्रदेश सांसद शैलेन्द्र बज्राचार्यले संघीयताको बारेमा नकारात्मक धारणा फैलाईएको भन्दै राजनीतिक, भाषिक, साँस्कृतिक अधिकार पाउन संघीयताले महत्वपूर्ण भुमिका खेलिरहेको जानकारी दिए ।

कार्यक्रममा मौलिक धिमे, धाः, बाँसुरी, बे, नाय्खिं, ढोलकलगायत बाजाको प्रस्तुतीसँगै नेवारी भेषभुसा, गीत तथा नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रम अघि हेटौंडाको बुद्ध चोकमा भेला भई प्रभातफेरी गरि कार्यक्रम स्थल बालकुमारी पार्टी प्यालेसमा पुगी समापन गरिएको थियो ।

हेटौंडामा जस्तै साँस्कृतिक कार्यक्रम पर्साको विरगञ्ज र बारामा आयोजना गरिने केन्द्रीय मानन्धर संघका सदस्य केके मानन्धरले जानकारी दिए ।



Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top