नेपालभाषा म्यूजिक भिडियो “लहिनां तयागु दुधा.”को निर्माण कार्य सम्पन्न

0

नेपालभाषा म्यूजिक भिडियो “लहिनां तयागु दुधा.”को निर्माण कार्य सम्पन्न


काठमाडौं । नेपाली समाजको यथार्थपरक घटनामा आधारित घाउमा मलम लगाउँदा सजिलै निको हुने, तर मुटु भित्र चिरिएको घाउ झन बल्झदै जाने र कहिल्यै निको नहुने रहेछ । भन्ने मर्म बोकेको नयांँ नेपालभाषा म्यूजिक भिडियो गीत “लहिनां तयागु दुधा.”को निर्माण कार्य सम्पन्न भएको छ ।

फाल्गुन १९ गते शनिवार धार्मिक तथा सांस्कृतिक सम्पदाको नगर कीर्तिपुरको जोशीननी हेरिटेज होम्समा नेपालभाषाको गीत “लहिनां तयागु दुधाः लिथ्वया वल य.माँ....” म्यूजिक भिडियो छायाँकन कार्य नेवाः साधना कला केन्द्रको व्यानरमा निर्माण सम्पन्न भएको निर्माण पक्षले जनाएको छ ।

नवप्रतिभा कलाकारहरुलाई हौसला प्रदान गर्ने लक्ष्य लिएर स्थापित नेवाः साधना कला केन्द्रले नव गायिका नानीशोभा महर्जनलाई गायन क्षेत्रमा प्रवेश गराउन सफल भएको देखिन्छ । देशमा प्राय महिलाहरुले भोग्नु पर्ने दुःख र वेदनाको दर्दनाक कथावस्तु समेतिएको बास्तविक जनजीवनको घटनामा निर्माण भएको म्यूजिक भिडियो रहेको गीतका रचनाकार तथा सहनिर्देशक सुन्दर श्रेष्ठ (बागमती भाई) ले थिमि टाइम्स सम्वादातालाई जानकारी दिएका छन् ।

उक्त गीतमा संगीत, एरेन्ज रेकर्ड, मिसिङ र मास्टरिङ बरिष्ठ संगीतज्ञ दिप तुलाधरको रहेको छ । कलाकारहरुमा गायिका सरस्वती मानन्धर, खलनायक सुरेन्द्र श्रेष्ठ, नायिका मिरा डंगोल, राजेश श्रेष्ठ, गायिका सुद्धलक्ष्मी श्रेष्ठ, गायक ताराराम मुनकर्मि बालकलाकार सुजी नेपालीको प्रमुख भूमिका रहेको छ भने सहभूमिकामा प्रेम कार्की र शोभा कार्कीको अभिनय हेर्न पाइने छ । प्रविधिक तर्फ श्रृंगारमा मिरा डंगोल, क्यामेरा, सम्पादन र कलरिङ राजेश शाक्यको रहेको छ भने यसको निर्देशन नेपालभाषा क्षेत्रका वरिष्ठ लेखक तथा निर्देशक पवन जोशीले गरेका हुन् । यस म्युजिक भिडियोको प्रिमियर यही २९ फागुनमा काठमाडौंस्थित रञ्जना सिनेप्लेक्स, फसिकेवमा हुने पनि निर्माण पक्षले जानकारी गराएको छ । 

सम्पादन गरिएको 


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top