श्वेतभैरव मन्दिरको पुनःनिर्माण शुरु !

0


भक्तपुर । मध्यपुर थिमिको लायकू परिसर बाहिर बाटोमा रहेको श्वेत भैरव मन्दिरको पुनःनिर्माण कार्य शुरु गरिएको छ । वडा न ४ मा अबस्थित भेवाःद्यो, श्वेत भैरव मन्दिरको पुनःनिर्माणको कार्य शुरु गरिएको हो ।

उक्त मन्दिरमा पुजा आराधना गर्नाले मुद्दा मामिला जितिने, स्वस्थ हुने, दशा हट्ने जस्ता किवदन्ती रहेको छ । जसको कारण लाख बत्ती, चाकमता बाल्नेहरुका साथै भाकल पुजा गर्ने घुईचो रहने गर्दछ ।

यही किबंदन्तीका कारण गएको प्रतिनिधि सभा तथा स्थानीय निर्वाचनमा उम्मेदवार बनेकाहरुले बलिसहितकोे भब्य पुजा गरेको स्थानीयहरुको भनाइ छ । पुनःनिर्माण हुने सो मन्दिरको कुल लागत करिव पाँच लाख रहेको छ ।

सो मन्दिर पुनःनिर्माण गर्न लाग्ने चार लाख ९९ हजार तीन सय ५८ रुपैयाँ मध्यपुर थिमि नगरपालिका वडा नं चारले उपलव्ध गराउने र बाँकी जनश्रमदानद्वारा व्यर्होने गरी पुनः निर्माण कार्य २०८१ बैशाख ३० गतेसम्म सम्पन्न गरि सक्नु पर्ने उल्लेख गरेको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top