बागमती प्रदेश स्तरीय धिमे बाजा प्रतियोगिता हुने

0


काठमाडौं । नेपालको बहुचर्चित र बिशेष गरी नेवाः समुदायको हरेक जात्रा पर्वमा बजाइने धिमेबाजाको संरक्षण तथा प्रवद्र्धन गरी नयाँ युवापुस्तालाई आकर्षण गर्ने लक्ष्यसहित “बागमती प्रदेश स्तरीये धिमेबाजा प्रतियागिता ११४४” को आयोजना गर्न लागेको शनिवार भक्तपुरको च्वङागणेशस्थित नेवा नःनिमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

केन्द्रीय मानन्धर संघको आयोजनामा भक्तपुर जिल्ला मानन्धर युवासंघको संयोजना तथा काठमाडौं महानगरपालिकाको लागत साझेदारीमा भक्तपुरको दत्तात्रय मन्दिर परिसरमा चैत्र २४ गते धिमे बाजा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा बागमती प्रदेश भित्रका खलः, पुचः र संस्थाबाट ५० वटा धिमेबाजा समूहको सहभागी गराउने योजना रहेको कार्यक्रमका संयोजक तथा भक्तपुर जिल्ला मानन्धर युवासंघका अध्यक्ष बाबुकाजी मानन्धरले जानकारी दिए । 

प्रतियागितामा प्रथम हुनेलाई २ वटा धिमे, २ जोर भूस्यासहित नगद रु २५ हजार, दोस्रो हुनेलाई १ वटा धिमे, १ जोर भूस्यासहित नगद रु १५ हजार, तेस्रो हुनेलाई १ वटा धिमेसहित नगद रु १० हजारबाट प्रदान गरिने छ भने दशौं स्थान प्राप्त गर्ने प्रत्येक समूहलाई १ जोर भूस्या प्रदान गरिने पनि जानकारी गराएको छ । त्यस्तै प्रतियोगितामा उत्कृष्ट भेषभुषा र बाजाको बोलमा गरिएको हाउभाउको मुल्याँङ्गण गरि उत्कृष्ट पुरस्कारको ब्यवस्था रहेको र प्रतियोगितामा सहभागी सबै टिमलाई प्रशंसा पत्र प्रदान गरिने छ ।

प्रतियोगितामा सहभागी हुने समयसीमा चैत्र १६ गते शुक्रवार सम्म काठमाण्डौको लागि केन्द्रिय मानन्धर संघ क्षेत्रपाटी काठमाण्डौं सम्पर्क नं. ९८५१०,३३२२७, भक्तपुरको लागि मानन्धर व्यायाम मन्दिर साकोलान ९८४१,२८५६८४, थिमिको लागि टि.भि. प्वाईट शंखधर चोक ९८५१०,६७७३० र बनेपाको लागि वांख्यो दाफा भजन खलः बनेपा ९८४१,९५८८९६ मा सम्पर्क राखी नामांकन गर्न सकिने व्यवस्था रहेको पनि उक्त कार्यक्रममा जानकारी गराइएको थियो । कार्यक्रम केन्द्रिय मानन्त्रर संघका सभापति मनोजकुमार मानन्धरको सभापतित्वमा भएको थियो भने कार्यक्रममा सहजीकरण ज्ञानेन्द्र मानन्धरले गरेको थियो । 


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top