शान्ति खलःको वार्षिक सभा तथा सातौं अधिवेशन सम्पन्न

0



काठमाडौं । मध्यपुर थिमिबाट व्यापार व्यवसाय तथा विविध कारणबाट उपत्यकालगायतका क्षेत्रमा बसोबास गरिरहेका थिमिबासीहरुको साझा सस्थाको रुपमा रहेको शान्ति खलःको वार्षिक साधारण सभा तथा सातौं अधिवेशन काठमाडौंको सिनामंगलस्थित सिद्धिविनायक मन्दिर परिसरमा गत शनीबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष इश्वरलाल श्रेष्ठले पानसमा दिप प्रज्वलन गरि शुभारम्भ भएको कार्यक्रममा अध्यक्ष श्रेष्ठले खलःको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्यस्तै कार्यक्रममा खलःका कोषाध्यक्ष मदन जोशीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको थियो । खलःका उपाध्यक्ष रामचन्द्र भिंदुवा श्रेष्ठले स्वागत मन्तव्य राखेको थियो ।

कार्यक्रममा अधिवेशन सफलताको कामनासहितको मन्तव्य व्यक्त गर्दै बिशेष अतिथि मध्यपुर थिमि नगरपालिकाका संस्थापक पूर्व नगरप्रमुख मदनकृष्ण श्रेष्ठले खलःद्वारा सदस्यहरुको हितमा विविध जीवनउपयोगी तालिमको व्यवस्था गर्न र समयसापेक्ष खलःलाई समुदायको हितमा उपयोग गर्न सुझाब दिए । कार्यक्रममा पूर्व अध्यक्ष कान्छा श्रेष्ठ, खलःका संस्थापक सदस्य कृष्ण बहादुर साहु श्रेष्ठ, र शान्ति बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा खलःका संरक्षक बालगोपाल श्रेष्ठले अधिवेशन सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन संस्थाका सदस्य रत्न सुन्दर कायस्थले गरेको थियो ।

सोही अधिवेशनले आगामी दुई वर्षको लागि नयाँ कार्यसमिति चयन गरेको छ । जसमा रत्नसुन्दर कायस्थको अध्यक्षतामा उपाध्यक्ष रामचन्द्र भिंदुवा श्रेष्ठ, महासचिव मदनकृष्ण जोशी, सचिव विरेन्द्र ध्याकोदुवा श्रेष्ठ, कोषाध्यक्ष सुरेश विजयानन्द श्रेष्ठ रहेका छन् भने सदस्यहरुमा क्रमशः रिता दै श्रेष्ठ, रश्मी जगिश्व श्रेष्ठ, निर्मला चपलिछें श्रेष्ठ, जमुना कःमी श्रेष्ठ, रत्नेश्वर पाँधु श्रेष्ठ र श्याम कुमार फय्कु श्रेष्ठ निविरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक कान्छा दै श्रेष्ठले जानकारी दिएका छन् ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top