अब कक्षा ११ अध्ययन गर्न ३५ प्रतिशत अंक ल्याउनै पर्ने

0


भक्तपुर । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा चैत्र १५ बाट २७ गतेसम्म सञ्चालन हुने एसईई परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ । पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुनेछ ।

परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिएका छन् ।

यौनिक तथा लैंगिक अल्पसंख्यक विद्यार्थीमा रुपन्देहीबाट चार जना, पर्सा र सप्तरीबाट दुई÷दुई जना तथा सुर्खेत, बाँके, दाङ, चितवन, गोरखा, खोटाङ र इलाम सुर्खेतबाट एक÷एक जना छन् ।

परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएकोमा सबैभन्दा कम मनाङ र मुस्ताङमा एक÷एक तथा सबैभन्दा बढी काठमाडौंमा १२७ परीक्षा केन्द्र छन् ।

पूदेश तर्फ बागमतीमा सबैभन्दा धेरै १ लाख ३ सय ७० विद्यार्थी सहभागी हुनेछन् । त्यस्तै मधेश प्रदेशबाट ८१ हजार ३ सय १७, लुम्बिनीबाट ७९ हजार ५ सय १६, कोशीबाट ७७ हजार ४ सय १५, सुदुरपश्चिमबाट ५५ हजार ७ सय ६८, गण्डकीबाट ४० हजार ९ सय ७७ विद्यार्थी छन् । सबैभन्दा कम कर्णालीबाट ३९ हजार ६ सय ६८ विद्यार्थी सहभागी हुनेछन् । यो पटक जापानबाट २३ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।

भक्तपुरमा ६ हजार ७५ परीक्षार्थी, २४ परीक्षा केन्द्र

यस वर्ष भक्तपुरबाट ६ हजार ७५ परीक्षार्थी सहभागी हुने छन् । गत वर्ष ५ हजार ९ सय २७ जना परीक्षार्थी सहभागी थिए ।

विगतका एसईई परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत अंक ल्याउनुपर्ने प्रावधान रहेकामा यस वर्षदेखि विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनैपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । ३५ प्रतिशतभन्दा कम अंक ल्याएमा कक्षा ११ मा भर्ना हुन पाइँदैन । त्यस्ता परीक्षार्थीहरुले मौका परीक्षा भने दिन पाउने छन् । ३५ अंक ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने छन् ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top