नेपाल इको प्यानलको जर्सीमा मैदानमा उत्रेपछि विवाद

0



काठमाडौं । भक्तपुरमा शुक्रबारदेखि जारी तेश्रो भक्तपुर कप फुटबल प्रतियोगिताको आइतबारको खेलमा विवाद भएको छ । प्रतियोगितामा प्रतिस्पर्धीहरुमध्येको एक भक्तपुर फुटबल क्लवका खेलाडीहरु एउटा व्यापारिक घरानाको जर्सी लगाएर मैदानमा उत्रेपछि विवाद भएको हो । निर्माण सामाग्री उत्पादन कम्पनीको जर्सी लगाएर खेलाडी मैदानमा आएपछि खेल अगाडि र पछाडि षडयन्त्र भएको खेलाडीहरुको आरोप छ । खेलाडीहरुका अनुसार निर्माण सामाग्री कम्पनीको जर्सीमा खेलाडीहरु मैदान उत्रेपछि खेल्न दिने र नदिने विषयमा विवाद भएको थियो । तर अन्तमा खेल खेल्न दिइएको थियो । तर आयोजकबाटै जवरजस्ती खेलमा पराजित गराउने षडयन्त्र भएको आरोप उनीहरुको छ । उनीहरुका अनुसार यसका लागि विपक्षीकातर्फबाट खेलाडी नै परिवर्तन गरिएको थियो । जसरी पनि हराउन विपक्षीमा राम्रो खेल खेल्ने राष्टिय खेलाडीहरु ल्याएर खेल खेल्न लगाएको आरोप उनीहरुको छ ।  

भक्तपुरको महेश्वरी खेल मैदान भइरहेको प्रतियोगितामामा भक्तपुर फुटबल क्लवका खेलाडीहरु नेपाल इको प्यानलले प्रायोजन गरेको जर्सीमा मैदानमा पुगेका थिए । उनीहरुका लागि नेपाल इको प्यानलले जर्सीको व्यवस्था गरेको थियो । व्यवस्था अनुसार खेलाडीहरु त्यही जर्सीमा मैदानमा उत्रेपछि त्यही विषयमा आयोजक र भक्तपुर फुटबल क्लववीच विवाद भएको थियो । एउटा व्यापारिक कम्पनीको जर्सीमा प्रतियोगितामा सहभागी नगराउने विषयमा विवाद भएको थियो ।

प्रतियोगितामा जर्सीमा पुगेको भक्तपुर फुटवल क्लवले हार व्यहोर्न बाध्य बनेको थियो । एकका विरुद्ध दुई गोलले भक्तपुर फुटवल क्लव हार खान बाध्य भएको थियो । नक आउटको आधारमा भएकाले टोली पहिलो चरणमै हारेपछि अर्काे खेल खेल्नबाट बञ्चित भएको छ ।   

भक्तपुर फुटबल क्लवका अध्यक्ष राम प्रजापतिले आफूहरुको प्रोत्साहनका लागि नेपाल इको प्यानलले सहयोग गरिरहेको र हालको तेश्रो भक्तपुर कपका लागि पनि उसले सहयोग गरेको बताए । उनका अनुसार फुटवल प्रतियोगिताहरुमा यसरी व्यापारिक संस्थाहरुले आफनो प्रचारप्रसारको लागि जर्सी दिनु र लगाएर खेलाडीहरु मैदानमा प्रतिस्पर्धामा उत्रनु सामान्य हो । उनका अनुसार यस्तो प्रायोजन अरु संघसंस्था र व्यापारिक घरानाहरुले अन्य प्रतियोगिताहरुमा गरिरहेकै हुन्छन् ।  यस्ता प्रायोजनकै कारण खेल क्षेत्रलाई सहयोग हुने र खेल क्षेत्र अगाडि वढ्दै आएको भनाई उनले राखे । भक्तपुरको समग्र फुटवल क्षेत्रलाई अगाडि वढाउन आफूहरुले सक्दो सहयोग गर्दै आएको र भविष्यमा पनि यस्ता सहयोग जारी राख्दै जाने योजना आफूहरुको भएको नेपाल इको प्यानलले जनाएको छ । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top