शाान्ति खलःको ससुपुजा कार्यक्रम थिमिमा सम्पन्न

0


काठमाडौं । मध्यपुर थिमि मूल थलो रहेका उपत्यकालगायत विभिन्न स्थानमा बसोबास गर्दै आएका थिमिबासीहरुको साझा संस्था शान्ति खलःले आफ्नो वार्षिक कार्यक्रम अनुसार यसवर्षकोे ससुु पुुजा (सरस्वती पुजा तथा नववर्ष २०८१ को क्यालेण्डर विमोचन कार्यक्रम गत शनिबार थिमिको बनदेवी मन्दिर परिसरमा सम्पन्न गरेको छ । 

“सद्भाव, सहयोग र समृद्धि’ नारा बोकेका शान्ति खलःले यसअघि विभिन्न स्थानमा कार्यक्रम गदै आएको थियो । कार्यक्रममा संस्थाका आजीवन सदस्य, संस्थापक सदस्य र सहयोगीहरुको सहभागिता रहेको थियो । शान्ति खलःका संस्थापक कृष्णबहादुर साहु श्रेष्ठद्वारा उक्त क्यालेण्डरको विमोचन गरिएको थियोे । शुभकामना आदान प्रदानको क्रममा खलःका पूर्व अध्यक्ष कान्छा श्रेष्ठले स्वागत मन्तव्य राखेको थियो । कार्यक्रममा शान्ति बहुउद्देश्यीय सहकारी संस्था लि. कुलेश्वरका अध्यक्ष बालगोपाल श्रेष्ठले शुभकामना दिदै संस्थालाई स्थायित्व दिन जग्गा प्राप्त गर्ने र भवन निर्माण गर्न आवश्यक पहल भैरहेको जानकारी दिए ।

कार्यक्रममा मथिनपाका नगरप्रमुख सुरेंन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ र वडा नं. ४ का वडाअध्यक्ष बालकृष्ण श्रेष्ठलगायतका व्यक्तित्वहरुको सहभागिता थियो । उक्त अवसरमा खलःका सदस्यहरुको मनोरञ्जनका लागि विविध खेलका साथै बिङ्गो कार्यक्रमको पनि आयोजना गरिुएको थियो ।मनोरञ्जनात्मक खेलहरूको पनि प्रस्तुति रहेको थियो । वनभोजको रुपमा पनि रहेको कार्यक्रममा मदन जोशीले नयाँं निर्वाचित पदाधिकारीको परिचय गराएको थियो । कार्यक्रमको संयोजन खलःका अध्यक्ष रत्नसुन्दर कायस्थदे गरेको थियो । कार्यक्रममा सहजीकरण संस्थाका उपाध्यक्ष रामचन्द्र भिदुवा श्रेष्ठले गरेको थियो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top