लोपोन्मुख नौ बाजा संरक्षण अभियानमा मानन्धर समुदाय

0


काठमाडौं । मानन्धरहरुको साझा संस्था केन्द्रीय मानन्धर संघले लोपोन्मुख बाजा संरक्षण अभियान सुरु गरेको छ । अमूर्त सम्पदाको रुपमा रहेको नेवारी मौलिक लोपोन्मुख बाजालाई नयाँ पुस्ता माझ आकर्षण गर्दै हस्तान्तरणको उद्देश्यसहित संघले अभियान सुरु गरेको हो ।

संघले काठमाडौं महानगरपालिकासँगको लागत साझेदारीमा मध्यपुर थिमिको क्वलाखुमा रहेको बालकुमारी मन्दिर परिसरमा लोपोन्मुख नौ बाजा सम्मेलन ११४४ सम्पन्न गरेको हो । 

नौ बाजाको अर्थ ९ किसिमका मौलिक बाजाहरु हुन जसमा सोही बाजाको समुहमा अन्य सहायक बाजा सम्मलित गराइने हुन्छ । विशेषगरी काठमाडौं उपत्यका र काभ्रेमा मात्र यो बाजा संरक्षित अवस्थामा रहेको छ । बौद्धमार्गी नेवाःहरुले संरक्षण गरेको नौ बाजालाई सिद्धार्थ गौतम बुद्धकालीन समयमा कपिलबस्तुमा राजकीय बाजाको रुपमा मान्यता पाएको विश्वास गरिन्छ । यस सम्वन्धमा श्रृंगभेरी अपदानको कथा र स्वयम्भू पुराणमा उल्लेख भएको नौ बाजा पछिल्लो समय लोपोन्मुख अवस्थामा रहेको छ । 

त्यसैले, संघले पहिलो पटक नेकू, पस्ताः, धाः, चति, डबडब, नगरा, खिं, पच्छिमा, प्वङा, ताः, भुस्या, छुस्या, नाय्खिं, धिमेचा, बेलगायतका बाजालाई पृथक ताल र बोलमा प्रदर्शन गर्ने वातावरण तयार गरेको हो । करिव लोप हुने अवस्थामा पुगेको नौ बाजाका कलाकारहरुको संख्या हेर्ने हो भने औंलामा गन्न सकिनेमैै सीमित भइसकेको छ । यसको अर्थ सीमित कलाकारहरुले मात्र नौ बाजा बजाउन जानेका छन् । 

कार्यक्रम संघ अन्तर्गत युवा उपसमिति र सञ्चार उपसमितिको संयोजनमा सिवा सायमि खलः तथा मानन्धर युवा समुह मध्यपुर थिमिसँग समन्वय गरी सम्पन्न भएको कार्यक्रमलाई मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले उद्घाटन गरेका हुन् । कार्यक्रममा भक्तपुरको साःक्वलान, गोमढी र तेखाच्व टोल, बनेपाको वांख्यो र क्वसाः दाफा भजन खलः तथा थिमिको सिवा सायमि खलःले नौ बाजा प्रदर्शन गरेका थिए । कार्यक्रमको सांस्कृतिक पक्षलाई सुरेन्द्र मानन्धरले संयोजन गरेका हुन् समग्रमा गजेन्द्र प्रसाद मानन्धरले कार्यक्रमको संयोजन गरेका हुन् ।




Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top