उपकारको जेष्ठ नागरिक भ्रमण

0


मध्यपुर थिमि । गत सोमबार बहाखाबजारस्थित उपकार बचत तथा ऋण सकहारी संस्था लि.ले सामाजिक उत्तरदायित्व अन्र्तगत आफ्ना जेष्ठ नागरिक सदस्यको लागि धार्मिक अवलोकन भ्रमणको आयोजना गरिएको थियो । सो भ्रमण अन्तर्गत ललितपुर जिल्लाको प्रसिद्ध मन्दिर बज्रबाराहीमा धार्मिक भ्रमण लगिएको संस्थाका अध्यक्ष जयकृष्ण दुवालले जानकारी दिए ।

अध्यक्ष दुवालले धार्मिक भ्रमण जेष्ठ नागरिकहरुको मानसिक र आत्मसन्तुष्टीका साथ जीवनमा सकारात्मक सोचका कारण स्वास्थ्य राम्रो हुने र आध्यत्मिक भजन किर्तनले मानसिक तनाव कम भई दीर्घजीवन पाइने भएकाले बृद्धबृद्धाका लागि भ्रमण फलदायी हुने बिश्वास व्यक्त गरे । साथै संस्थाले सामाजिक दायित्व अन्तर्गत यस प्रकारको सामाजिक कार्य आगामी दिनमा पनि निरन्तर जारी रहने जानकारी दिए ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top