अमेरिकामा नेवाः भ्वयसंगै बिस्काः जात्रा मनाइने

0

 


मध्यपुर थिमिको पहिचानको रुपमा रहेको बिस्काः जात्रा अमेरिकाको वाशिंगटन राज्यको सियाटल शहरमा अप्रिल १३ अर्थात् नव बर्ष २०८१ बैशाख १ गते बृहत रुपमा नेवाः झ्वःभ्वयको आयोजना गर्दै मनाइने भएको छ । थिमिबासीहरुको बाहुल्यतÞा रहेको अमेरिकाको सियाटल शहरलाई स्थानीयबासीहरु मिनी थिमि पनि भन्न रुचाउछन् । बिगत १५ बर्षदेखि थिमिबासीहरु मिलेर मनाउदै आएको बिस्का जात्रा यस वर्ष पनि नववर्ष २०८१ तथा बिस्काः जात्राको उपलक्ष्यमा सास्कृतिक कार्यक्रमका साथ द्यो खः (खट) जात्रा गर्दै नेवाः झ्वःभ्वयको आयोजना गरी मनाउन लागेको संयोजक सुरज रंजितकारले जानकारी दिएका छन् । थिमिबासी मात्र सहभागी भई जात्रासंगै नेवाः भ्वय खादै मनाउदै आएको जात्रा यसपाली भने २०० देखि ३०० जनासम्म अतिथिहरुसंगै बसेर रमाउदै मनाउने योजनामा रहेको अनि कार्यक्रममा सबैबाट साथ र सहयोग उपलब्ध हुने आशा रहेको संयोजक दिनेश श्रेष्ठले जानकारी दिएका छन् । पर्वलाई व्यवस्थित गर्नका लागि सकेसम्म सबैलाई एकै ठाउ सामेल गराउदै मनाउन सबैसँंग सहयोगको अपेक्षा लिएको पनि प्रेस विज्ञप्ती मार्फत जनाएको छ । विज्ञप्तिमा अगाडि भनिएको छ । जुन जात्रालाई सफल बनाउन अमेरिकाको ओरेगन राज्य तथा क्यानाडाको भ्यानकुभर राज्यबाट पनि थिमिबासीको सहभागिता रहनेछ । त्यस्तै अरु संघ संस्थाहरुसंग पनि सहयोगको आह्वान गरेका छौ ।

यो बिस्का जात्राको लागि चाहिने सबै सहयोग उपलब्ध हुनेछ आर्थिक संयोजक अमिर प्रजापतिले बताए । विदेशमा रहेर पनि आफ्नो कला सस्कृति तथा चाडपर्बलाई आत्मसात गरी सबै मध्यपुर थिमिबासीलाई एकै ठाउमा समेटेर संसारसामु हाम्रो कला संस्कृति चिनाउन र संरक्षण तथा सम्वद्र्धन गर्न हार्मो प्रयास रहेको छ । आफ्नो परम्परा, संस्कृतिको जगेर्ना गर्दै अर्को पुस्तालाई हस्तान्तर अनि उनीहरुलाई यसको महत्व बुझाउन यो बिस्काः जात्राको कार्यक्रमले प्रमुख भूमिका खेल्नेमा आयोजक कमिटी विश्वस्त रहेको पनि जानकारी दिएको छ । कार्यक्रममा नाय्खिं, धिमे, अबिर, थ्वों, चिलाख, द्यो खः, अनि नेवाःभ्वय, थिमिबासीले बिस्काः जात्रामा सम्झिने यी बिशेष कुराहरु हो । जुन बिदेशमा श्रीबालकुमारी माईको कृपाले सबैसँग भेटघाट गर्दै मनाउन पाएकोमा खुशी लागेको आयोजकलगायतको भनाई छ ।  मध्यपुर थिमिको पर्यटन प्रबद्र्धनमा हामीले सानो सहयोग गर्न सके पनि हामी धन्य हुने र यसको लागि सबै एकबद्ध भएर लाग्न संयोजक रंजितकारले सबैमा अनुरोध गरेको छ । कार्यक्रममा अन्य नेपाली सामाजिक संघ – संस्थाहरुको सहभागिता रहने पनि जनाएको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top