गोल्डेन फ्युचरमा दीक्षान्त समारोह सम्पन्न

0



भक्तपुर । मध्यपुर थिमिको सिन्टिटारस्थित गोल्डेन फ्युचर एकेडेमीले ११ औं अभिभावक दिवस तथा दिक्षान्त समारोह आयोजना गरेको छ । ‘एक्सप्लोर, लर्न र ग्रो’ को अवधारणा अनुसार सञ्चालन भइरहेको उक्त विद्यालयले गरिरहेका शैक्षिक अभ्यास, बालबालिकाहरुको सर्वाङ्गीण विकासका लागि तयार गरेको शैक्षिक वातावरणबारे जानकारी दिनका लागि उक्त कार्यक्रम गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मथिनपाका नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले गरेका थिए । त्यस्तै बिशेष अतिथिमा वडा नं. ९ का वडाअध्यक्ष सानुकाजी राजबहाक रहेको कार्यक्रममा विद्यालयका छात्रछात्राहरुले बिभिन्न नाच, गीत । नाटकहरुको समेत प्रदर्शन गरेको थियो । त्यस्तै कार्यक्रममा स्कूलका विद्यार्थीहरुले आत्मरक्षाको लागि खेलिने खेल कराँलेको पनि प्रदर्शन गरेको थियो ।

विद्यालयका विद्यार्थीहरुलाई दीक्षित गर्नुका साथै विदाईमा सम्मान पनि गरिएको कार्यक्रममा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट छात्रछात्राहरुलाई पदक तथा प्रमाणपत्र वितरण गरिएको थियो । त्यस्तै विद्यालयले स्टुडेन्ट अफ द एअर र टिचर अफ द एअरलाई पनि सम्मान गर्नुका साथै शिक्षक, कर्मचारीलाई पनि कदरपत्रद्वारा सम्मान गरिएको थियो ।

विद्यालयकी प्रिन्सिपल भक्तलक्ष्मी थापाश्रेष्ठले विद्यालयको शैक्षिक तथा भौतिक वातावरणका बारेमा जानकारी दिनका साथै अभिभावकहरू आपसी भेटघाट गराउन र अन्तरक्रिया गराउका लागि सो कार्यक्रम गरिएको बताइन् । एक फरक सोच र बाल मनोविज्ञानमा आधारित भइ सञ्चालनरत सो विद्यालय पछिल्लो समयमा अभिभावकको आर्कषण बढेको छ । कार्यक्रममा पनि अभिभावकको बाक्लो सहभागिता रहेको थियो ।





Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top