राजधानीमा गणित शिक्षा सम्वन्धी प्रदर्शनी र सम्मेलन

0


काठमाडौ । गणितलाई कला, सिर्जनाको माध्यमबाट मनोरञ्जनात्मक रुपमा सिक्ने र सिकाउने अवसरको लागि राजधानीमा गणितसँग सम्वन्धित दुइदिने सिर्जनात्मक प्रदर्शनी र कार्यशाला सुरू भएको छ ।

बुढानीलकण्ठस्थित इम्पेरियल वल्र्ड स्कुलले अन्तर्राष्ट्रिय गणित दिवसको अवसर पारेर अध्ययन÷अध्यापनमा गाह्रो विषयको रूपमा लिइने गणितलाई सरल र सहज रूपमा कला सिर्जनाको माध्यमबाट बुझाउन प्रदर्शनीको आयोजना गरेको हो ।

नेपालका लागि इजरायलका राजदुत हनान गोडेरले उद्घाटन गर्नुभएको प्रदर्शनीमा विद्यार्थीहरूले कागज, काठ, ढुङ्गा, माटो, अन्न, फूलपातलगायतका प्राकृतिक रूपमा उपलब्ध सामग्री र विभिन्न रङ्गको माध्यमबाट बनाइएका चित्र र स्टलहरू राखिएका छन् ।

स्कुलका संस्थापक÷निर्देशक कुमार कार्कीले गत वर्षदेखि गणितलाई सरल र चाखलाग्दो मनोरञ्जनात्मक गतिविधि, चित्र, फोटो र पजलको अभ्यासबाट सिकाउने लक्ष्यका साथ स्कुल परिसरमा घाम–पानीले नबिग्रने सामग्रीको प्रयोग गरेर “गणित पार्क” बनाएको जानकारी दिए । साथै गणित विषय गाह्रो हुन्छ, भन्ने आमधारणामा परिवर्तन ल्याउन सकिने विश्वाससहित आयोजित प्रदर्शनीको अवलोकन÷भ्रमणका लागि बुढानिलकण्ठ नगरपालिकालगायतका नीजि र सामुदायिक विद्यालयका विद्यार्थी÷शिक्षकलाई आमन्त्रण गरिएको स्कुलले जनाएको छ ।

प्रदर्शनीको दोस्रो दिन भने गणित विज्ञ र गणितका शिक्षक, अभिभावक, विद्यार्थीबीच कार्यशालाको आयोजना गरिएको छ । प्रधानाध्यापक जुनिता कार्कीले सो स्कुलमा अध्ययनरत कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूले गणितलाई सुत्र र विभिन्न विम्बात्मक अभ्याससहित सिक्ने क्रममा तयार भएका सिर्जनात्मक सामग्री नै प्रदर्शनीको प्रमुख आकर्षण भएको बताए ।

उनले गणित सम्मेलनले विद्यालय शिक्षामा प्रभावकारी सिकाई र गणितको महत्व उजागर गर्न मद्दत मिल्ने विश्वास व्यक्त गर्दै हालसम्म सुत्रको माध्यमबाट सिकाउने गणित विषयलाई कला÷सिर्जनासँग जोड्दै मनोरञ्नात्मक माध्यमबाट पनि सिकाउन सकिने उदाहरण प्रस्ततु गरिएको बताए । 

काठमाडौँ विश्वविद्यालयका सह–प्राध्यापक विनोद पन्तले गणित विषय दैनिक जीवनमा सधैं उपयोगमा आउने र सिक्ने रहर भए असम्भव विषय नभएको बताए ।



Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top