भक्तपुरलाई चिनाउने ८० वर्ष अघिका तस्बिर प्रदर्शनीमा

0


भक्तपुर । भक्तपुरको दरवार स्क्वायर परिसरमा शुक्रवारदेखि दुईदिने फोटो प्रदर्शनी शुरु भएको छ । उक्त फोटो प्रदर्शनी एकै परिवारका बाजे, बुबा र नाती–नातिनीसमेत तीनपुस्ताले फरक फरक समयमा खिचिएका फोटोहरु प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीको उद्घाटन नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले गरेका हुन । उनले यस प्रकारको प्रदर्शनीले मानव सभ्यता र विगतको सांस्कृतिक शैली र सीपको बारेमा जानकारी राख्न चाहनेका लागि उदाहरण बन्न सक्ने बिचार व्यक्त गरे ।

दत्तात्रय स्टुडियोका संचालकको रुपमा परिचित फोटो पत्रकार स्व. बद्री प्रसाद बनेपाली, छोरा केदार बनेपाली र नाति–नातिनी सुमि बनेपालीसमेतले खिचिएका   ६८ वठा फोटोहरु प्रदर्शनीमा राखिएका छन् ।

ब्रिलियन्ट भक्तपुर नाम दिइएको उक्त प्रदर्शनीको आयोजक संस्था भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेशराज शर्माले स्वागत मन्तव्य राखेका थिए । 

सो प्रदर्शनीमा विभिन्न विद्यालयका विद्यार्थीहरुका अलावा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको व्यापक सहभागिता रहेको थियो । प्रदर्शनीमा भक्तपुरलाई चिनाउने तत्कालिन सामाजिक, सांस्कृतिक तथा जात्रा पर्व झल्किने सम्पदाहरुका फोटोहरु राखिएका छन् । फोटो प्रदर्शनी शनीबार पनि जारी रहने आयोजकले जनाएको छ ।




Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top